सुन्दरहरैंचा । राष्ट्रिय जनसांस्कृतिक महासंघ कोशी प्रदेश समितिको दोस्रो अधिवेशनले जेबी थुलुङको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
मोरङको बेलबारीमा भएको अधिवेशनले चार बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षद्वय सरस्वती दुमी राई र रामजी विष्ट, सचिव राजेश चाम्लिङ, सहसचिव टेकराज मगर, कोषाध्यक्ष हेमा भण्डारी चयन भएका छन् ।
यसैगरी राष्ट्रिय जनसंगीत कलाकार संघको अध्यक्षमा सन्जिव धिमाल, उपाध्यक्षमा ओमविक्रम ओझा, सचिवमा भाष्कर सिटौला, सहसचिवमा रेनुका राई र कोषाध्यक्षमा हीरा ओझा चयन भए ।
यस्तै राष्ट्रिय जनसाहित्यिक संघको अध्यक्षमा दिप मंग्राती, उपाध्यक्ष कविता केशरी, सचिव रमेश धमला र कोषाध्यक्ष पवित्रा घिमिरे चयन भए ।
त्यसैगरि राष्ट्रिय ललितकला संघको अध्यक्षमा विष्णुकुमार थापा, उपाध्यक्ष उद्वव गुरुङ, सचिव भीम पुरी, सहसचिव शिवकुमार राई र कोषाध्यक्ष तिलक राई निर्वाचित भए ।
जनपक्षीय चलचित्रकर्मी संघमा अध्यक्षमा केवल तामाङ, उपाध्यक्ष भीम लामा, सचिव नवीन मेन्याङ्वो, सहसचिव रविन श्रेष्ठ र कोषाध्यक्ष रणबहादुर थाङ्देनलाई चयन गरिएको छ ।
View : 84
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved