विराटनगर । नारी विकास संघले सामुहिक हेरचाह अन्तर्गत संस्थामा आबद्ध सदस्य तथा संघका पदाधिकारी, सदस्यहरु तथा कर्मचारीको एकदिने स्वास्थ्य जाँच अन्तर्गत पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर मंगलबार सम्पन्न भएको छ ।
सो शिविरमा २५ जना महिलाले परीक्षण गराएको संघकी अध्यक्ष सीता शर्मा दाहालले बताइन् ।
टेवा नेपालको सहकार्य एवम् नेपाल परिवार नियोजन संघ मोरङको प्राविधिक सहयोगमा संस्थाको विराटनगरस्थित आफ्नो सभाकक्षमा सो जाँचमा परिवार नियोजन संघकी डा रीतु चौधरी र नर्स अरुणा थापाले सेवा प्रदान गरेका थिए ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हाल नेपालमा पाठेघरको मुखको क्यान्सर हरेक वर्ष ३,००० भन्दा बढी नयाँ रोगी भेटिने गरिएको छ भने र त्यसबाट मृत्यु हुनेको संख्या लगभग १,८०० देखिएको छ ।
पाठेघरको मुखको क्यान्सर सजिलै पत्ता लग्ने र यसको रोकथाम सजिलै गर्न सकिने भएकोले महिलाले पाठेघरको मुखको परीक्षण गर्न अति नै आवश्यक छ ।
View : 200
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved