Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सलकपुर खानेपानीको निर्वाचन

लोकतान्त्रिक समूहले गर्याे यस्तो प्रतिवद्धता

उद्‌घोष सम्वाददाता
२२ जेठ २०८२, बिहिवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार हुने निर्वाचनमा आफ्नो समूहका उम्मेदवारले जिते उपभोक्ताहरूलाइ धेरै सुविधा उपलब्ध गराउने प्रतिवद्धता लोकतान्त्रिक समूहले जनाएको छ । 

श्यामप्रसाद ढकाल नेतृत्वको लोकतान्त्रिक समूहले बुधबार सलकपुरमा पत्रकार सम्मेलन गरी आफ्नो समूहलाई मतदान गरी विजयी गराउन अपिल गरेको हो । 

सो समूहले ‘युवा समावेशी र अनुभवीको समूह, निष्पक्षता, पारदर्शी र शुद्धताको प्रतिबद्वता’को नारा अघि सार्दै उपभोक्ताहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेको छ ।

सो समूहबाट उपाध्यक्षमा दीपक गुरूङ, सचिवमा उद्ववप्रसाद अधिकारी, कोषाध्यक्षमा सावित्रा पोखरेल र सहसचिवमा दिनानाथ अधिकारी (दिपेन) उम्मेदवार छन् । 

सदस्यमा बबिता कार्की अधिकारी, लक्ष्मी भण्डारी, ज्ञानबहादुर खड्का, राजु बरूवाल, मनबुल मियाँ र सिलास उराउ उम्मेदवार छन् । 

यस्तै लेखा समिति संयोजकमा सरोज भट्टराई, सदस्यहरूमा कपिल पोखरेल र मन्दिरा थापा छन् ।

पत्रकार सम्मेलनमा पुरानो पाइपलाइनहरूलाई प्रतिस्थापन गरी नयाँ पाइपलाइनहरू बिस्तार गर्ने र त्यसका लागि अनुदान र सहयोगको ब्यवस्थापन गरिने अध्यक्षका उम्मेदवार श्यामप्रसाद ढकालले जानकारी दिए । 

उनले एक घर एक धारा अनिवार्य पुर्‍याएर कमजोर आर्थिक अवस्था  कमजोर भएका उपभोक्ताहरूलाई नगर र वडासँग समन्वय गरी सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने लगायतका आगामी कार्य योजना तथा प्रतिबद्धताहरू सुनाए । 

पत्रकार सम्मेलनमा पूर्व नगर प्रमुख शिवप्रसाद ढकाल, कांग्रेस क्षेत्रीय सभापति देवराज तामाङ, भक्तिप्रसाद सिटौला, लोकप्रसाद संग्रौला लगायतले लोकतान्त्रिक समूहलाइ जिताउन आग्रह गरेका थिए ।

View : 103

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved