आर्यहरूले भारतवर्षमा विकसित गरेको सभ्यतालाई वैदिक सभ्यता भनिन्छ । आर्यद्वारा विकसित सभ्यताको मूलखण्डलाई आर्यावर्त भनिएको छ । आर्यहरूद्वारा यस भूखण्डमा बाहिरबाट प्रवेश गरेको बताइएको छ । प्रारम्भमा आर्यहरू हालको अफगानिस्तानदेखि पञ्जाबसम्म बसेको अनुमान गरिएको छ । त्यसपश्चात् उनीहरूले क्रमशः त्यसभन्दा दक्षिण पूर्वतिर लागेर गंगा यमुना नदी आसपासमा आफ्नो सभ्यताको विकास गरेको उल्लेख विभिन्न ग्रन्थमा गरिएको छ ।
भारतवर्षमा प्रवेश गरी आर्यहरूद्वारा विकसित सभ्यताको कालखण्ड लगभग ईपू १५०० देखि ईपू ५०० वर्ष मानिएको छ । आर्यहरू भारतवर्षमा प्रवेश गर्नु अघि नै उनीहरूले एक उच्चकोटीको सभ्यता विकसित गरिसकेको बताइएको छ । यस कममा प्रारम्भमा हिमालय र विन्ध्याञ्चल पर्वत बीचको क्षेत्रलाई आफ्नो अधिनमा पारी उनीहरूले आफ्नो सभ्यताको सुरुवात गरे । हिन्दु सभ्यतामा यसको पहिचान आर्यावर्तका रूपमा भएको छ ।
आर्यद्वारा भारतवर्षमा विकसित (तत्कालीन) सभ्यता क्षेत्रलाई आर्यावर्त भनिएको छ । आर्यहरूको प्रमुख ग्रन्थ ऋग्वेदमा आर्यसंस्कृतिको केन्द्र ‘सप्तसिन्धु’ भनेर उल्लेख गरिएको छ । विभिन्न ग्रन्थमा उल्लेख गरिएका तत्वहरूलाई उद्धरण गरी पाण्डुरङ वामन का“णले ‘धर्मशास्त्रको इतिहास’ नामक ग्रन्थमा यसप्रकार उल्लेख गरेका छन् –‘आर्य संस्कृतिको मूलकेन्द्र सप्तसिन्धु अर्थात् आजको उत्तर पश्चिमी भारत एवम् पंजाब थियो । कुभार (काबुल नदी) देखि कैमू (आजको कराम) हु“दै सुवास्तु (आजको स्वायज्ञ क्षेत्र), सप्तसिन्धु (सात नदी), यमुना, गङ्गा एवम् सरयु (संभवत आजको अवध) सम्म ऋग्वेदमा वर्णित छ ।
पञ्जाबका नदीहरू यी हुन् सिन्धु, असिक्नि, परुण्षी, विपाश एवम् शुतुद्रि, दृषद्ववती, खापया एवम् सरस्वती, गोमेती, वितस्ता हुन् । सप्तसिन्धु क्षेत्रबाट आर्यहरू क्रमशः दक्षिण पूर्व लाग्दै गर्दा काठकले कुरु–पञ्चालनको उल्लेख गरेका छन् । ब्राम्हणयुगमा आर्य क्रियाकलाप एवम् संस्कृतिको केन्द्र कुरु–पचालंन अर्थात् कोशल र विदेहसम्म विस्तार भएको थियो ।
धर्म सूत्रमा उल्लेखित विचारका क्रममा वसिष्ठ धर्मसूत्र अनुसार आयावर्त मरु–मिलनभन्दा पहिले, सरस्वती भन्दा पूर्व, कालक वन भन्दा पश्चिम, पारियात्र एवम् विन्ध्य पर्वतभन्दा उत्तर र हिमालयभन्दा दक्षिणमा अवस्थित थियो । यस कुरालाई आपस्तम्ब धर्मसूत्र र पतञ्जलिले पनि स्वीकार गरेका छन् । शंखलिखित धर्मसूत्रमा सिन्धू–सौवीरभन्दा पूर्व, काम्पिल्य जगरभन्दा पश्चिम, हिमालयभन्दा दक्षिण र पारियात्र पर्वतभन्दा उत्तर आर्यावर्त विराजमान छ ।
मनुस्मृतिमा विन्ध्यभन्दा उत्तर, हिमालयभन्दा दक्षिण तथा पूर्व र पश्चिम समुन्द्रलाई स्पर्श गर्ने प्रदेशमा अवस्थित क्षेत्र (मध्यदेश) लाई आर्यावर्त भनिएको छ ।
वैदिककालीन यस समयमा उनीहरूले ऋग्वेद र अन्य वेदहरूको रचना गरे । ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको रूपमा आर्यहरूद्वारा रचित हिन्दु संस्कृतिका यी अमूल्य निधि सङ्ग्रहीत सम्पूर्ण कालखण्डलाई वैदिक सभ्यताकाल भनिएको छ । ऋग्वेदमा १०२८ सूक्त छन् । यी सुक्तहरू देवताको कृपा प्राप्त गर्ने साधनको रूपमा देवताहरूको अर्चनामा केन्द्रित रहेर लेखिएका छन् । यी सूक्तहरू १० (दश) मण्डलमा विभाजित छन् ।
यी दश मण्डलमध्ये दोस्रोदेखि सातौं मण्डलसम्मको भाग वा खण्डलाई पूर्व वैदिक– ऋग्वैदिक कालमा नै रचना भएको मानिएको छ भने पहिलो र आठौं दशौं मण्डलसम्मको भाग पहिलोकालमा (उत्तवैदिककाल) मा रचना भएको मानिएको छ । वेद पद्यमा रचना गरिएको छ । प्रत्येक पद्यलाई ऋचा भनिएको छ । हिन्दुहरूको विश्वास अनुसार वेदमा प्रत्येक ऋचा ईश्वरको मुखबाट निस्किएका हुन् । यजुर्वेद, सामवेद र अथर्ववेदको रचना पनि आर्यहरूकै उपलब्धि हुन् । यजुर्वेदमा ज्ञानका मन्त्र, क्रिया आदिको वर्णन छ । सामवेदको रचना ऋग्वेदका मन्त्रहरूको गेय अंशबाट गरिएको छ ।
अतः सामवेदलाई सामगान पनि भनिन्छ । अथर्ववेदमा रहस्यजनक सङ्केत, चिकित्सा सम्बन्धी मन्त्र, पृथ्वीको सृष्टि, रहस्य आदि वर्णित छ । यी चारै वेदमा आधारित रहेर लेखिएका अन्य ग्रन्थहरू, ब्राम्हण साहित्य, उपनिषद र आरण्यक आदिमा व्यवस्थित समग्र सभ्यतालाई वैदिक सभ्यता भनिएको छ ।
वेद के हो ?
हिन्दु धर्म संस्कृतिको अत्यन्त महत्वपूर्ण आधारशीलाको रूपमा रहेका, प्रत्येक वेदका प्रमुख भाग छन् । वेदका संहिता, ब्राम्हण र आरण्यक यी तीन मुख्य भागलाई कसैकसैले संहिता र ब्राम्हण गरी दुई भागमा मात्र बा“डेका छन् । उनीहरूका अनुसार आरण्यक ब्राम्हणकै उपभाग हो भन्ने मान्यता उनीहरूमा रहेको छ । उपनिषदहरूलाई भने आरण्यकको परिच्छेदका रूपमा लिइन्छ । संहिताहरू पद्यात्मक शैलीमा रचना गरिएका छन् ।
ऋग्वेदका संहितालाई हिन्दु धर्मको सर्वप्राचीन धार्मिक सिद्धान्त मानिन्छ । ब्राम्हण ग्रन्थ पद्यात्मक शैलिमा रचना गरिएको छ । प्रत्येक वेदको एक ब्राम्हण ग्रन्थ अनिवार्य रूपमा रहेको छ भने कुनै वेदको एक भन्दा बढी, सामवेदका ‘पञ्चविंश’ र ‘षड्विंश’ गरी दुई ब्राम्हण, यजुर्वेदलाई कालो र सेतो (कृष्ण र शुक्ल) गरी दुई भागमा वा शाखामा छुट्याइएको छ । आरण्यकका परिच्छेद मानिने उपनिषदहरूका सबैभन्दा प्राचीन टिप्पणीकार शङ्कराचार्य हुन् जसले १६ (सोह्र) वटा उपनिषदहरूलाई आधिकारिक मानेका छन् ।
ऋग्वेद : ऋग्वेदमा १० मण्डल, ६४ अध्याय, १०२८ सूक्त र १०५८१ वटा ऋचाहरू भएको बताइएको छ । ऋग्वेद जम्मा २१ वटा शाखामा भएको मानिन्छ । जसमध्ये प्रमुख शाखाहरूमा आश्वलायन, माण्डूकायन, वाश्कल, शाकल शाङ्ख्यायन पर्दछन् । धेरैजसो ऋग्वेदका शाखाहरू हराएको वा नष्ट भएकोले वर्तमानमा वाश्कल र शाकल शाखा मात्र उपलब्ध छन् ।
ऋग्वेदका १०२८ सूक्तहरूमध्ये पनि धेरै जसो सूक्तहरू प्राप्त छैनन् र प्राप्त सूक्तहरूमा नाशदीय सूक्त, नारदीय सूक्त, पुरुषसूक्त, हिरण्यगर्भ सूक्त र वाकसूक्तहरू छन् । ब्राह्मणहरूमा ऐतेरीय, सांख्यायन, कौशितकी, ब्राम्हण प्रमुख छन् भने उपनिषदहरूमा ऐतेरीय, कौशितकी, छान्दोग्य, कठ आदि विशेष उल्लेखनीय छन् ।
यजुर्वेद : यजुर्वेद गद्यमा लेखिएको छ । यसमा विभिन्न कर्मकाण्डहरूको बारेमा चर्चा गरिएको छ । कर्मकाण्ड सम्पन्न गर्दा अपनाउनु पर्ने विधि विधान र सम्पादन गर्ने सम्बन्धमा यजुर्वेद याज्ञवल्क्य ऋषिको चर्चा भएको हुनले यिनी राजा जनक अर्थात् रामायणकालीन भएको हुनसृडाले यो वेद रामायण भन्दापछि (ईसापूर्व ५००) मा लेखिएको मान्न सकिन्छ तर रामायण भन्दाअघि लेखिएको भए पनि याज्ञवल्क्यको प्रसङ्ग भने पछि थप गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
यजुर्वेदका दुई शाखामध्ये कृष्ण यजुर्वेदका तैत्तिरीय मैत्रायणी, काण्व र कठ संहिता गरी चार वटा उपशाखा छन् । शुक्ल यजुर्वेदका माध्यन्दीन र कण्व गरी दुई उपशाखा छन् । यजुर्वेदमा राजसूय, पितृमेध, अश्वमेध आदि यज्ञहरूको चर्चा हुनुको साथै त्यस्ता यज्ञ सम्पन्न गर्ने विधि र आवश्यक पर्ने सामग्रीका बारेमा पनि उल्लेख गरिएको छ ।
सामवेद ः सामवेद विशेषगरी गायन पद्धतिस“ग सम्बन्धित छ । विभिन्न देवी देवताको स्तुति गर्दा लयबद्ध स्तुति गर्ने प्रणालीलाई नै ‘साम’ भनिएको हो । यस अर्थमा सङ्गीतको प्रादुर्भाव समेत यसै वेदबाट भएको विश्वास गरिन्छ । यस वेदमा करिब १५४९ वटा मन्त्रहरू छन् । जसमा धेरैजसो मन्त्रहरू भने ७५ वटा मात्र रहेको बताइएको छ । सुरुसुरुमा यो वेद जम्मा ७ (सात) वटा लयमा गाइने गरिन्थ्यो ।
अथर्ववेद : अथर्ववेदका पनि बेग्लाबेग्लै भागहरू छन् । यस वेदमा २० काण्ड, १११ अनुवाक, ७३१ सूक्त र झण्डै ५८४९ मन्त्र छन् । यसका कतिपय ऋचाहरू ऋग्वेदका ऋचासँग मिल्दा जुल्दा रहेका छन् । यसका कतिपय ऋचाहरू ऋग्वेदका ऋचासँग मिल्दाजुल्दा छन् । यस वेदले धामीझा“क्री, बोक्सी, भूतप्रेत, पिशाच टुनामुना आदिका बारेमा विस्तृत विवरण दिन्छ । विभिन्न रोगहरूको कारक तत्वको रूपमा यस वेदले भूतप्रेत, बोक्सी आदिलाई स्थापित गर्दछ ।
रोगहरूको निदानको निमित्त पनि यसले तन्त्रमन्त्र र टुनामुना गर्नुपर्ने बताउ“छ । यस बाहेक यो वेदमा रोगको निदानको लागि जडिबुटीको बारेमा पनि चर्चा गरिएको छ । वास्तवमा यो वेदको स्वरूप अन्य वेदको स्वरूप भन्दा बिलकूल अलग रहेको बताइएको छ ।
वेदलाई ‘अपौरुषेय’ अर्थात् मानवीय सिर्जना भन्दा बाहिरको वस्तु मानिएको छ । यो कुनै जीवित प्राणी वा पुरुषद्वारा रचना गरिएको नभएर स्वयम् ईश्वरबाट (ईश्वरको मुखबाट) प्रथम पटक ऋषिहरूलाई सुनाइएको मन्त्रहरूको सङ्ग्रह मानिएको छ । यस अर्थमा यसलाई ‘श्रुति’ पनि भनिएको छ ।
यसरी सुनेर स्मरणमा राखिएका शब्द संग्रहहरूलाई पछि लेखनकलाको आविष्कार पश्चात् लिपिबद्ध गरिएको मानिएको छ । यसका साथै यसको अध्ययन पश्चात् लिपिबद्ध गरिएको मानिएको छ । यसको अध्ययन गर्न गुरुको सहयोग लिनुपर्ने भएकाले पनि यसलाई श्रुति भनिएको हुनसक्ने कुरा उल्लेख गरिएको पाइन्छ । सुरुसुरुमा यी वेदहरूलाई ‘त्रयी’ पनि भनिएको बताइएको छ । सुरुमा वेद ३ प्रकारका मात्र रहेको अनुमान गरिएको छ ।
पाणिनीले (इ.पू.६००–३००.इ.पू) आफ्नो अष्टाध्यायीमा पनि तीन वटा वेदको मात्र उल्लेख गरेका छन् । यसका अतिरिक्त वेदमा ऋक्, साम र यजु यी तीन तत्व रहेको मानिएको छ । छन्दोबद्ध मन्त्रलाई ‘ऋक्, यसको गायन पद्धतियुक्त मन्त्रलाई साम र पद्यात्मक मन्त्रलाई यजु भन्ने गरिएको छ ।
यसरी वेदका मन्त्रहरू तीन फरक–फरक प्रणालीद्वारा उच्चारण गरिने भएकोले पनि यसलाई त्रयी भनिएको हुन सक्ने बताइएको छ । वेदलाई विषयवस्तुका आधारमा कर्मकाण्ड, ज्ञानकाण्ड र उपासना काण्ड गरी तीन काण्डहरूमा विभाजित गरिएको आधारमा पनि यसलाई त्रयी भनिएको हुन सक्ने कुरा बताइएको छ ।
हिन्दु सभ्यता र संस्कृति निर्माणको आधारशीलको रूपमा रहेका विभिन्न वेदहरूको रचनाकालका सम्बन्धमा विद्वानहरूबीच मतैक्यता पाइएको छैन । श्रुतिपरक प्रकृति र लेखनकलाको उत्पत्ति र विकास समयबीचको फरक र सो अनुसारको वास्तविकताका कारण यस्तो महत्वपूर्ण ग्रन्थहरूको रचनाकालका सम्बन्धमा अन्योल देखिनु स्वाभाविकै हो । श्रुतिका आधारमा अर्थात् सुनेर स्मरण गर्ने प्रकृतिका आधारमा हेर्दा यसलाई अत्यन्त प्राचीन (ईसापूर्व हजारौं वर्ष अगाडिको) मान्न सकिने देखिएको छ ।
यसै आधारमा हिन्दु सभ्यता र संस्कृतिमा गहिरो रुचि राख्ने हिन्दु धर्मशास्त्रका विद्वान्हरू वेदहरूको रचनाकाल ई. पू. ६००० वर्ष मान्दछन् । विद्वान् पाण्डुरङ वामनकाँणले वैदिक साहित्यहरूको रचनाकाल इपू. ४००० देखि ईसापूर्व २००० का बीच मान्दछन् । काँणकै जस्तो विचार विण्टरनित्ज नामक विद्वानको पनि रहेको छ । यिनका अनुसार वैदिक साहित्यहरूको रचना इपू ३००० वर्षतिर भएको हो । यिनले ऋग्वेदको रचना एकै व्यक्तिद्वारा एकै समयमा भएको नभएर धेरै समयमा संकलन गरिएको बताएका छन् । ऋग्वेदको निर्माण कालका सम्बन्धमा मध्यएशियाको ‘बिगाजकोई’ नामक स्थानबाट उपलब्ध अभिलेख्य सामग्री र त्यसको समय इपू १५०० अघिको मानिएकाले ऋग्वेदको रचनाकाल यसै समयताका मान्ने मत पनि हो ।
View : 137
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved