सुन्दरहरैंचा । नयाँ वर्षको अवसरमा मोरङको सुन्दरहरैंचा–४ मा गोदावरी रिभरसाइड रिसोर्ट सञ्चालनमा आएको छ ।
यसअघि सञ्चालित त्रिवेणी रिसोर्टका सञ्चालकहरू परिवर्तन भएर नयाँ नामले गोदावरी रिसोर्ट सञ्चालनमा आएको हो ।
रिसोर्ट शुभारम्भका अवसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ४० करोडको लगानीमा सो रिसोर्ट सञ्चालनमा आएको अध्यक्ष रमेश खड्काले बताए ।
१० बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा प्रकृति र मनोरञ्जनको उत्कृष्ट संयोजन रहेको हुनाले अतिथिलाई आरामदायी वातावरणमा अद्वितीय अनुभव दिने लक्ष्य राखेको उनले बताए ।
रिसोर्ट परिसरको रेष्टुरेन्टमा स्वदेशी तथा विदेशी परिकारको स्वाद लिन सकिने तथा लजमा आरामदायी कोठाहरु रहेको सञ्चालकको भनाइ छ । रिसोर्टमा बाल उद्यान, पानी जहाजको मज्जा तथा सेमिनार हलको सुविधा पनि उपलब्ध रहेको बताइएको छ ।
कोशी प्रदेश सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०८२ लाई प्रवद्र्धन गर्न रिसोर्टले भूमिका खेल्ने सञ्चालक रोहित शाहले बताए ।
उनले गोदावरी रिसोर्टको औपचारिक शुभारम्भको घोषणा गर्न पाउँदा उत्साहित भएको उल्लेख गर्दै रिसोर्टले अतिथिहरूलाई जीवनभर सम्झनलायक अनुभव प्रदान गर्ने लक्ष्य राखेको जानकारी दिए ।
View : 222
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved