Biratnagar, Morang, Nepal
२ असार २०८२, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

सुनको मूल्यमा सामान्य गिरावट

उद्‌घोष सम्वाददाता
१ असोज २०८१, मङ्गलवार

काठमाडौँ, १ असोज । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा छ सयले घटेको छ ।

सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला  एक लाख ५७ हजार तीन सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि  एक लाख ५६ हजार सात सय निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा  १० ले घटेको छ । सोमबार प्रतितोला  एक हजार नौ सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने  एक हजार नौ सय पाँच निर्धारण भएको छ ।  रासस

View : 210

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved