Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

नेपाल बन्धुद्वारा अहिंसाको कामना

उद्‌घोष सम्वाददाता
२९ वैशाख २०८२, सोमवार

विराटनगर । बुद्ध जयन्ती र बैशाखे पूर्णिमाको पावन अवसरमा नेपाल परिवार कुलपूजा समिति विराटनगरले सोमबार भव्य कुलपूजा तथा बन्धु भेला आयोजना गर्‍यो।  अध्यक्ष डा. मीनाक्षी नेपालको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा खोटाङको हौंचुर, काभ्रेको मण्डन, ताप्लेजुङ, इलाम, धनकुटा, बयरवन, बेलवारीलगायत विभिन्न स्थानबाट आएका एक सयभन्दा बढी घरका दुई सय पचासभन्दा बढी सदस्यहरूको उपस्थिति रहेको थियो।  उक्त अवसरमा कुलदेवताको कोरी पूजा, वैदिक विधिपूर्वक हवन र लाख बत्ती प्रज्वलन गरिएको थियो।

विराटनगर–८ हाटखोलामा दुई कठ्ठा क्षेत्रफलमा फैलिएको नेपाल परिवारकै श्रमदान र चन्दाबाट निर्मित भवन परिसरमा कुलपूजा सम्पन्न भएको हो। समितिले समाजमा हत्या हिंसाको अन्त्य र विश्व शान्तिको कामना गर्दै आइरहेको छ। बुद्धभूमि नेपाल विश्वमा शान्तिको सन्देश दिने पवित्र भूमि भएको र बुद्ध जयन्ती जस्तो महत्त्वपूर्ण दिनमा पनि हिंसात्मक कार्य हुनु अनुचित भएको ठहर गर्दै डा. नेपालको समितिले कुलपूजाको अवसरमा भोगको रूपमा खीर चढाउने र प्रसादको रूपमा ग्रहण गर्ने परम्परा रहेको छ।

उक्त कुलपूजा समारोहमा पूर्वाञ्चल विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका निर्देशक प्रा.डा. मेदिनी शर्मा नेपाल, अधिवक्ता पशुपति नेपाल, डा. नवीन नेपाल, डा. पङ्कज नेपाल, मोरङ व्यापार संघका पूर्व अध्यक्ष जीवन नेपाल, मुकुन्दप्रसाद नेपाल, आनन्द नेपाल, बालिका विद्यालयका प्रधानाध्यापक रमेश नेपाल, इश्वरीप्रसाद नेपाल (अध्यक्ष– गणेश पुस्तकालय),  खेमराज नेपाल ( कुलपूजा उपाध्यक्ष ), तुलसीप्रसाद नेपाल (कुलपूजा सचिव), भागवत नेपाल (सहसचिव), ई रञ्जिव नेपाल,  ९८बर्षीय चन्द्रमणि नेपाल (दमक) , विराटनगर महानगरपालिकाका कानुनी सल्लाहकार परमेश्वर नेपाललगायत अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो।

View : 578

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved