Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

सहकारी संघको शुभकामना आदानप्रदान

उद्‌घोष सम्वाददाता
२६ कार्तिक २०८०, आइतवार

विराटनगर : जिल्ला सहकारी संघ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ मोरङको संयुक्त आयोजनामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित सो कार्यक्रममा जिल्लाका एक सय भन्दा बढी सहकारी संघ र संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति  थियो ।

सो कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी संघ–संस्थाका साथै मुलुकको आर्थिक क्षेत्रमा देखाफरेको समष्या क्रमशः घट्दै गएकोले अबका दिनमा सामाजिक जनजीवन सहज हुने आशा व्यत्त गरे । उनले हाम्रा सांस्कृतिक पर्वहरूलाई समयानुकूल परिमार्जन गर्न सके मात्र दिगो बनाउन सकिन्छ भन्दै त्यसको नेतृत्व सहकारी क्षेत्रले लिनु पर्नेमा जोड दिए । 

सो अवसरमा कोशी प्रदेश सहकारी रजिस्ट्रार हरिबहादुर खत्रीले आउँदै गरेका चाडपर्वहरु सहकारी क्षेत्रको विकास, विस्तार र शुद्धीकरणमा प्रेरक बन्नसकुन भन्दै शुभकामना दिए ।

जिल्ला सहकारी संघ मोरङ एवम् कोशी प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला कृषि सहकारी संघका अध्यक्ष रविन्द्र आचार्य, जिल्ला बचत संघ का बरिष्ठ उपाध्यक्ष एकराज निरौला, कोशी प्रदेश बचत संघका सचिव लक्ष्मी सापकोटा, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष माधव अधिकारी, संघका सल्लाहकारहरू रामचन्द्र गौतम, डा.उद्धव पोखरेल, वीरेन्द्र यादव लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सहकारी रजिस्ट्रार गायक हरिबहादुर खत्रीले आफ्नो सांगेतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

View : 248

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved