Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

डाटा व्यवस्थापन तालिम सम्पन्न

उद्‌घोष सम्वाददाता
२२ वैशाख २०८२, सोमवार

विराटनगर । उच्च शिक्षामा वैज्ञानिकता, अनुसन्धान र गुणस्तरीयता अभिवृद्धि गर्ने उद्देश्यसहित विराटनगरस्थित गोग्राहा कलेजमा आयोजित ‘डाटा व्यवस्थापन तथा विश्लेषण तालिम’ सम्पन्न भएको छ । 

तालिममा पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतका विभिन्न आंगिक क्याम्पसका प्राध्यापक तथा सो क्षेत्रसँग रुचि राख्ने ३० जना सहभागी थिए ।

विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा सञ्चालन भएको तीनदिने तालिमको समापनका अवसरमा पूर्वाञ्चल विश्वविद्यालयका उप–कुलपति प्रा.डा. विजुकुमार थपलियाले वैज्ञानिक अध्ययन प्रणालीमा डेटा व्यवस्थापनको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागीहरूलाई आफनो अध्ययन, अनुसन्धान र अध्यापनमा यसको प्रभावकारी उपयोग गर्न सुझाव दिए । 

क्याम्पस प्रमुख गोविन्दप्रसाद अधिकारीले तालिम फलदायी भएको बताउँदै आगामी दिनहरूमा पनि यस्ता तालिमलाई निरन्तरता दिने उद्घोष गरे ।

तालिममा सहभागी प्राध्यापकहरूले तालिमले नयाँ ऊर्जा थपेको अनुभव सुनाए । विराटनगर–४ का वडाध्यक्ष जीतन थापाले यस्ता किसिमका कार्यक्रम आवश्यक रहेको र आफूले पनि अन्य कार्यक्रमका लागि पहल गर्ने प्रतिवद्धता जनाए । 

प्रा.डा. पेशल खनाल, सह–प्राध्यापक रमेशबाबु काफले, सह–प्राध्यापक डा. कृष्ण पाण्डे र सह–प्राध्यापक टोलनाथ काफलेले तालिमको सहजीकरण गरेका थिए ।

View : 168

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved