विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले तीनदिने सामाजिक लेखा परीक्षण कार्यशाला वुधवारदेखि विराटनगरमा शुरू गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित उक्त कार्यशालामा विभिन्न आठ वटा क्याम्पसका ५१ जना विद्यार्थी सहभागी छन् ।
कार्यशालामा पथरी बहुमुखी क्याम्पस, उर्लाबारी बहुमुखी क्याम्पस, धरान मोडल कलेज, जनता बहुमुखी क्याम्पस इटहरी, इटहरी नमूना कलेज, सुकुना बहुमुखी क्याम्पस, महेन्द्र मोरङ आदर्श
बहुमुखी क्याम्पस र आयोजन जनता आदर्श बहुमुखी क्याम्पसमा सामाजिक कार्य विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थी सहभागी भएका छन् ।
कार्यशालाको उद्घाटन गर्दै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति प्राडा विजुकुमार थपलियाले लेखा परीक्षणको जति महत्व छ त्यत्तिकै महत्व सामाजिक लेखा परीक्षणको रहेको बताए ।
कला संकायका डीन राम ढकाल र जनता आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले विद्यार्थीलाई व्यवहारिक ज्ञान र सीप दिने उद्देश्यले सामाजिक लेखा परीक्षणको कार्यशाला सञ्चालन गरेको जानकारी दिए ।
View : 198
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved