Biratnagar, Morang, Nepal
४ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

माहेश्वरी महिला मञ्चद्वारा ऋषिदेव महिलाहरुलाई सिलाई मेसिन प्रदान

उद्‌घोष सम्वाददाता
२५ चैत २०८०, आइतवार

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले ऋषिदेव समुदायका ९ महिलालाई सिलाइ मेसिन प्रदान गरेको छ । मञ्चले ती महिलाहरूलाई सिलाइकटाइको तीन महिने तालिम आयोजना गरी आइतबार उनीहरूलाई मेसिन प्रदान गरेको हो । 

एबीसी नेपालको आयोजनामा भएको तालिम पश्चात सिलाइ मेसिन प्रदान गरिएको जनाइएको छ । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले उनीहरूलाई सिलाई मेसिन प्रदान गरिन् । उपप्रमुख कार्कीले तालिम र साधनले मात्र तालिमको उद्देश्य पूरा नहुने भन्दै आफूले सिकेको सीपलाई व्यवहारमा ल्याउनुपर्ने सुझाव दिइन् ।

कार्कीले महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म समृद्ध समाजको परिकल्पना गर्न नसकिने बताइन् । त्यसका लागि महिलाहरूलाई आत्मनिर्भर बनाउन उनीहरूलाई शिक्षा र सीप दिनुपर्ने धारणा राखिन् ।
मञ्चकी अध्यक्ष पुनम राठीले महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर नभएकै कारणले अधिकारमा पछि परेको बताइन् ।

उनले महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर भएमा उनले कसैको हेपाइ सहनु नपर्ने र घर तथा समाजमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नसक्ने बताइन् । राठीले भनिन्, ‘त्यसैले महिलाहरू आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यले हामीले सिलाइकटाइको तालिम गराएर सिलाइ मेसिन पनि दिएका हौँ ।’

मेसिन हस्तान्तरण कार्यक्रममा एबीसी नेपाललाई समेत दुई वटा सिलाइ मेसिन प्रदान गरिएको थियो ।

एबीसी नेपालका अध्यक्ष विष्णु पन्त शर्मालाई उक्त मेसिन हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा मारवाडी महिला मञ्च विराटनगरकी अध्यक्ष अमिता पेडिवाल, अखिल भारतवर्षीय माहेश्वरी परिषदका कार्यकारी सदस्य बजरङ्ग बाहेती, अखिल भारतवर्षीय माहेश्वरी महिला मञ्चका पूर्वाञ्चल उपाध्यक्ष गिरिजा सारडा, माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबरा र माहेश्वरी महिला मञ्च विराटनगरका संस्थापक अध्यक्ष गोमती राठीले लगायतले शुभकामना दिएका थिए ।

View : 230

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved