विराटनगर । विराटनगर–१३ मा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शिविर सञ्चालनका लागि दर्ता स्थल छनोटसम्बन्धि छलफल सम्पन्न भएको छ ।
बुधवार वडा कार्यालयमा भएको छलफलमा वडाका जनप्रतिनिधिहरूसहित महानगर कार्यपालिकाका सदस्यहरू सहभागी भएका थिए ।
छलफलमा वडा सदस्य कमला श्रेष्ठ, गौरी देवसहित विभिन्न राजनीतिक दल र स्थानीय संघ संस्थाका प्रतिनिधि र महानगरपालिकाका कर्मचारीहरू सहभागी भएका छन् ।
विराटनगर महानगरपालिकाले वडा नम्बर १२ देखि १८ नम्बर वडासम्मलाई लक्षित गरी दुईदिने सामाजिक सुरक्षा तथा घटना दर्ता शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको जनाइएको छ । जेठ २१ र २२ मा पूर्वाञ्चल वालसेवा आश्रममा हुने जनाइएको छ ।
शिविरमा सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता गर्न नपाएका व्यक्तिहरूले छिटो छरितो र सहजपूर्ण रूपमा सेवा प्रवाह गरिने महानगर सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाकी कर्मचारी तारा आचार्यले जानकारी दिइन् ।
वडा र महानगरस्तरबाट हुन नसकेका सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ताका जटिलतालाई फुकाउने गरी शिविरबाट सेवा प्रवाह गरिने जनाइएको छ ।
कार्यक्रममा वडासचिव सुनिल दाहाल, वाल माविका प्रध्यानाध्यापक अभिनन्दन यादव, एमाले नेता किशोर पोखरेल, नेकपा माओवादीका राज कर्णलगायत अन्य राजनीतिक दलका स्थानीय नेताहरू समेत सहभागी थिए ।
View : 188
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved