केराबारी । मोरङको केराबारीमा रहेका गायन प्रतिभाहरुको खोजी गर्ने अभियान अन्र्तगत पहिलो पटक सुरु भएको केराबारी सिङगिङ आइडलको बिजेता बन्दै केराबारी–९ कुसुमेकी सरला तामाङ प्रथम केराबारी आइडल बनेकी छन् ।
शनिबार सम्पन्न समापनमा विभिन्न १० प्रतिस्पर्धीहरुलाई उछिन्दै प्रथम केराबारी आइडल बनेकी हुन् ।
बरिष्ठ गायक तथा संगीतकार रमेश सुवेदी, गीतकार तथा संगीतकार जेवी थुलुङ र द भ्वाइस अफ नेपालका निर्णायकसमेत रहेका बरिष्ठ गायक तथा संगीतकार उदय सोताङ लगायतको टोलीले उनलाई विजेता घोषित गरेका हुन् ।
केराबारी आइडलको विजेता बनेसँगै तामाङले नगद ४० हजारसहित ट्रफी, प्रमाणपत्र र काठमाडौंको स्टुडियोमा एउटा गीत रेकर्ड गर्ने अवसर पाएकी छन् ।
त्यसैगरी केराबारी–५ की मनिता कुँवर फस्ट रनरअप (दोस्रो), केराबारी–२ का दिलिप लिम्बू सेकेण्ड रनरअप(तेस्रो) र केराबारी– १ का बिमल लिम्बू थर्ड रनरअप (सान्त्वना) घोषित भए ।
उपविजेता भएकी मनिताले नगद २० हजारसहित ट्रफि, पदक र प्रमाणपत्रसहित एउटा गीत रेकर्डिङ गर्ने अवसर पाएकी छन् ।
दोस्रो उपविजेता दिलिप लिम्बूले तेस्रो हुँदै नगद १५ हजारसहित ट्रफि, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।सान्त्वना भएका लिम्बूले नगद १० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजेतासँगै पहिलो, दोस्रो र तेस्रो हुनेलाई साराङ कोरिया भाषा केन्द्रमा ३ महिनाको कम्प्युटर कक्षाको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
केराबारी गाउँपालिकाको मुख्य सहयोग र केराबारी अनलाइन मिडिया प्रालिको आयोजनामा भएको पहिलो आइडलका विजेताहरुलाई गाउँपालिकाका प्रमुख सुमन मिरिङचिङ मगर र डीएसपी चिरञ्जिवी दाहालले पुरस्कार वितरण गरेका थिए ।
View : 40
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved