Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

बुद्धिजीवी संगठनको विकास र बौद्धिक कार्यहरू

देशअनुसार बुद्धिजीवी संगठनको भूमिका फरक छ । राजनीतिक दलहरूसँग तिनको सम्बन्ध पनि फरक छ । कतिपय बौद्धिक संगठनहरूले स्वतन्त्र विचारलाई प्रवाह गर्छन् भने कतिपयले राजनीतिक दलको सिद्धान्तका आधारमा नीतिगत विश्लेषण वा विचार प्रस्तुत गर्छन् ।
एकराज भट्टराई
२२ पुष २०८१, सोमवार

बुद्धि दुई प्रकारको छ (अमूर्त बुद्धि र मूर्त बुद्धि) यसलाई अप्रत्यक्ष बुद्धि र प्रत्यक्ष बुद्धिका रूपमा पनि जानिन्छ । कवि, साहित्यकार, वैज्ञानिक र दार्शनिकहरूले अप्रत्यक्ष बुद्धि वा तार्किक बुद्धिलाई उपयोग गर्छन् । अर्को प्रत्यक्ष बुद्धिले विशेष गरी सामाजिक नीति-नियमको अनुशरण गर्छ । यो बुद्धि वंशानुक्रम र सामाजिक वातावरणबाट सञ्चालित हुन्छ ।

प्रतिभाशाली सर्जकहरू भनें दुवै प्रकारका बुद्धिलाई यथास्थानमा सदुपयोग गर्छन् । तर सामान्य मान्छे भनें सामाजिक वा प्रत्यक्ष बुद्धिका पछाडि दौडिरहेका हुन्छन् । किनभने यिनीहरू नवसिर्जना गर्नबाट टाढा हुन्छन् । गालीगलौच र स्वार्थका लागि यिनको मूर्त बुद्धि वा सामाजिक बुद्धि सक्रिय भई रहेको हुन्छ । सहज ज्ञान अथवा बुद्धि मान्छेका लागि सामान्य योग्यता हो । जो सबैमा हुन्छ ।

सामान्य योग्यता भएका व्यक्तिहरू भन्दा केही गर्ने क्षमतावान, तार्किक, विवेकी, सिर्जनशील र चिन्तनशील व्यक्तिहरूलाई बुद्धिजीवी भनिन्छ । किनभनें तिनीहरूको  कार्यक्षमताले नै तिनीहरुलाई बुद्धिमान प्रमाणित गरिरहेको हुन्छ । त्यस्ता प्रतिभाहरूले नै राष्ट्र, समाज र विश्वका लागि सकारात्मक परिणाम दिइरहेका हुन्छन् । पूर्वीय चिन्तनमा बुद्धिलाई बलको रूपमा वा शक्तिका रूपमा राखिएको पनि छ । यस्तो ‘बुद्धिर्यस्य बलम् तस्य निर्बुद्धेस्तु कुतो बलम् ।’

ज्ञान, तर्क र बौद्धिक गतिविधिमा सक्रिय प्रतिभाहरूलाई नै बुद्धिजीवी भनिन्छ । विचारको प्रतिपादन अनि सामाजिक विकास र त्यसको प्रबद्र्धनमा तिनीहरू जागरूक हुन्छन् । समाज र राष्ट्रका विभिन्न मुद्धामा चिन्तनशील भएर तिनले कार्य गर्छन् । मानवीय सभ्यताको उत्थानका लागि ज्ञान र विज्ञानका क्षेत्रमा नयाँनयाँ विचार र खोज प्रस्तुत गर्ने प्रतिभाशाली व्यक्तिहरू नै बुद्धिजीवी हुन्छन् । जसले अप्रत्यक्षरू वा तार्किक बुद्धिको उपयोग गर्छन् । 

विभिन्न क्षेत्रसँग सम्बन्धित शिक्षाविद्, लेखक, कलाकार, वैज्ञानिक, नीति निर्माता, पत्रकार, दार्शनिक जसले समाजको परिवर्तनका लागि र उत्थानका लागि मार्ग निर्देश गर्छन् । तिनलाइनै समाजले बुद्धिजीवीको रूपमा स्वीकार गर्छ । बुद्धिजीवीको खास भूमिका सामाजिक न्यायको पक्षपोषण गर्नु, साँस्कृतिक विकासका लागि योगदान दिनु र नीति विश्लेषणमा सक्रियता देखाउनु अनि नवसिर्जनामा जागरूक हुनुसँग सम्बन्धित हुन्छ ।

यस प्रसंगमा शुक्राचार्य, बृहस्पति, वात्सायन, विदुर, आइनस्टाइन, मार्कोनी, टल्सटाय, जेम्स, डार्बिन, म्याडम क्युरी, रविन्द्रथान, सुकरात, राइट दाजुभाइ, कार्लमाक्र्स अनि अन्य कयौं बुद्धिमान व्यक्तिहरू संस्मरणमा आउ“छन् । ज्ञान, विज्ञान दर्शन वा बौद्धिक जगतको स्रोत र प्रेरणाका रूपमा पनि यिनीहरू आदरणीय छन् । क्रमशः अनेकौं भौतिक वा वैज्ञानिक साधनका निर्माता र तिनको खोजकर्ताहरू पनि बुद्धिजीवकीकै रूपमा दर्ज हुन्छन् ।

पियाजेको सिद्धान्त, स्टेनवर्गको सिद्धान्त, लियोनीको सिद्धान्त, जेन्सनको सिद्धान्तमा बुद्धि के हो भन्ने विषयमा पढ्न र बुझन् पाइन्छ । बुद्धिवादका प्रवर्तक र विश्लेषकहरूमा स्पियर मेन, धार्नडाइक, थोमस, जेबीगील आदि विद्वानहरूको नाम अग्रस्थानमा पाइन्छ । यसबाट पनि  पुष्टि हुन्छ कि–मानवीय बुद्धिको उचाइ र यसको क्षमतालाई अत्यन्त महत्वका साथ हेरिएको छ । यसरी सभ्यताको विकासस“गै मान्छेले आफ्नै उन्नतीका लागि र भौतिक तथा आध्यात्मिक सुखका लागि बुद्धिलाई सदुपयोग गर्दै आएको कुरा चाहिँ निर्विवाद सत्य हो ।

हिजो एकजनाको बुद्धि वा ज्ञानले संसार हल्लन्थ्यो । अहिले बुद्धिको उपयोग गर्न संगठनहरूको आवश्यकता अनुभव गरिएको छ । वर्तमानमा समाज र राष्ट्रप्रति आफ्नो दायित्व बोध गरेर कार्य गर्ने पेशागत संगठन, बुद्धिजीवी परिषद्, प्राध्यापक संघ, प्रज्ञा परिषद् आदिका नामबाट पनि तिनकै बौद्धिक र संगठनात्मक परिचय पाइन्छ । बुद्धिजीवी संगठनको सबभन्दा प्राचीन रूपको स्थापना ग्रिसमा भएको थियो । त्यो नै संसारको पहिलो बुद्धिजीवी संगठन थियो ।

ईपू पाँचौ शताब्दीमा स्थापना भएको त्यो संगठनको नाम सोफिस्टस थियो । यसको नेतृत्व ग्रिसेली विद्वान प्रोटागोरास र अन्य दार्शनिकहरूले गरेका थिए । तत्कालीन अवस्थामा तिनै दार्शनिकहरूले तर्कशास्त्र, नीतिशास्त्र र राजनीति शास्त्रको शिक्षणबाट जनताको चेतनाको स्तर उठाउने कार्य गरेका थिए । त्यसपछि बुद्धिजीवी संगठनको अर्को रूप रूसमा स्थापना भएको हो ‘द इन्टलेक्चुअल्स’ नाम गरेको त्यो बौद्धिक समूहले सामाजिक सुधार र क्रान्तिका लागि महत्वपूर्ण योगदान दिएको थियो ।

अवस्था र इतिहासलाई हेर्दा विभिन्न देशमा फरक ढंगले बुद्धिजीवी संगठनहरू स्थापना भएका छन् । रूस, फ्रान्स, अमेरिका, चीन, भारत आदि देशका बुद्धिजीवी संगठनहरू आ–आफ्नै देशको विशेषताका आधारमा काम गर्ने बौद्धिक संस्थाको रूपमा विकसित भएका छन् । १९ औं शताब्दीमा रूसको ‘इन्टेलेजिन्सिया’ समूहका बुद्धिजीवीहरूले समाजवादी क्रान्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसको प्रभाव विश्वका अन्य देशमा पनि पर्न गयो । त्यसभन्दा अगाडि नै सन् १७८९ तिर फ्रान्सका दार्शनिक विद्वानहरूको सक्रियतामा समानता र स्वतन्त्रताको आन्दोलन पनि परिचालित भएको थियो ।

आज पनि अमेरिकी विश्वविद्यालयहरू र थिंकट्याङकहरू, बुकिंग्स इन्सिट्युसन काउन्सिल तथा फरेन रिलेसन्स जस्ता संस्थाहरू बौद्धिक बहस र नीति निर्माणमा सक्रिय छन् । साँस्कृतिक क्रान्तिपछि पनि चीनमा कन्फ्युसियस एकेडेमीले परम्परागत दर्शनलाई पुनस्र्थापित गर्दै आधुनिक वा युग–सापेक्ष सामाजिक सुधारका लागि महत्वपूर्ण कार्य गर्दै आएको छ । स्वतन्त्रतापछि बुद्धिजीवी गतिविधिमा भारत निकै अगाडि छ । शैक्षिक, वैज्ञानिक, साँस्कृतिक र सामाजिक सुधारका लागि ‘इन्डियन काउन्सिल अफ सोसल साइन्स रिसर्ज’ जस्ता संस्थाहरू बौद्धिक गतिविधिमा निरन्तर संलग्न छन् ।

सबैजसो राष्ट्रका बृद्धिजीवी संगठनहरूले स्वतन्त्र भएर बौद्धिक कार्य गरिरहेका हुन्छन् । तथापि कतिपय अवस्थामा बुद्धिजीवी संगठनहरूले राजनीतिक दलको भातृसंगठनका रूपमा काम गरेको हुन्छन् । सोभियत संघमा त्यस बेला कम्युनिष्ट पार्टीका लागि बुद्धिजीवहरूले सल्लाहकारको भूमिका निर्वाह गर्थे । यद्यपि धेरैजसो थिंक ट्याङ्क र बुद्धिजीवी समूहले स्वतन्त्र भएर विचार प्रस्तुत गर्ने कुरालाई प्राथमिकतामा राख्छन् ।

देशअनुसार बुद्धिजीवी संगठनको भूमिका फरक छ । राजनीतिक दलहरूसँग तिनको सम्बन्ध पनि फरक छ । कतिपय बौद्धिक संगठनहरूले स्वतन्त्र विचारलाई प्रवाह गर्छन् भने कतिपयले राजनीतिक दलको सिद्धान्तका आधारमा नीतिगत विश्लेषण वा विचार प्रस्तुत गर्छन् । स्वतन्त्र बुद्धिजीवीहरूले भने सरकारका गलत कार्यको आलोचना गर्छन्  र सुधारका लागि मार्गनिर्देश गर्छन् ।

‘बुकिंग्स इन्सिट्युसन’ अमेरिकी बुद्धिजीवी संगठन हो । त्यस्तै ‘चाथम हाउस’ बेलायतमा कार्यरत छ । कार्गेनी  फाउन्डेसनले अन्तर्राष्ट्रिय समस्या वा मुद्दामा विचार प्रस्तुत गर्छ । शिक्षण र अनुसन्धान गर्ने संस्थाको रूपमा चिनिएका एमआईटी अक्स्फोर्ड युनिभर्सिटी र भारतीय अनुसन्धान परिषद् जस्ता संस्थाहरू पनि बुद्धिजीवी संगठन सरह कार्यरत छन् । ‘युनेस्को’ जसले शैक्षिक, वैज्ञानिक र साँस्कृतिक विकासका लागि कार्य गर्छ । खास गरी माथि चर्चा गरिएका बौद्धिक संस्थाहरूले नीति–निर्माणमा, सामाजिक न्यायका सवालमा अनि साँस्कृतिक संरक्षण र प्रबद्र्धनका लागि महत्वपूर्ण योगदान पुर्याएका छन् ।

रूस, भारत, अमेरिका, जापान, चीन, बेलायत र अष्ट्रेलिया जस्ता देशहरूमा बुद्धिजीवी संगठन वा परिषद्का कार्यहरू प्राय एकै प्रकारका छन् । त्यति हुँदाहुँदै पनि देशको परिस्थिति, विकासको अवस्था अनि जनताका आवश्यकता आदि कुरालाई लिएर केही भिन्नताहरू अवश्य छन् । यसै सन्दर्भमा हेर्दा रसियन एकडेमी अफ् साइन्सेस भन्ने संस्थाले भनें देशको वैज्ञानिक र बौद्धिक नीति–निर्माणमा केन्द्रीय भूमिका निर्वाह गर्छ । त्यस्तै भारतमा नेहरू मेमोरियल र आईसीएसएसआर जस्ता संस्थाले बौद्धिक बहस गर्ने र नीति विश्लेषणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । 

सामाजिक मुद्दामा विशेष ध्यान दिएर जातीय समानतका लागि बहस सञ्चालन पनि गर्छन् । ग्रामीण विकासका लागि सम्बन्धित क्षेत्रलाई उत्प्रेरित गर्ने कार्यमा पनि यस्ता संस्थाहरू सक्रिय छन् । अमेरिकाको यार्ड कर्पोरेसन र अन्य संस्थाहरूले सैन्य रणनीति, अन्तर्राष्ट्रिय सम्बन्ध अनि सामाजिक सुधारका लागि कार्य गर्छन् । टोयोटा फाउन्डेसन र निप्पल फाउन्डेसन जस्ता जापानी संस्थाहरूले भनें प्राविधि शिक्षा र पर्यावरणीय सुधारका लागि निरन्तर बहस चलाउ“छन् र सरकारलाई त्यता जान उत्प्रेरित गर्छन् । चिनीया एकेडेमीहरूले राज्यको नीति–निर्माणमा सहभागी भएर कार्य गर्छन् । पुनश्चः चथम हाउस र लण्डन स्कुल अफ इकोनोमिक्सले ग्लोबल मुद्दामा महत्वपूर्ण विश्लेषण गरेर प्रतिक्रिया दिने काम गर्छन् । 

स्मरणीय कुरा के छ भनें ‘वीकीपिडिया’ अहिले ज्ञानको वा बुद्धिको महत्वपूर्ण साधन बनेको छ । जसलाई विश्वका सबै वौद्धिक वर्गले प्रयोग गर्छन् । यो पिडियामा ३०० भन्दा बढी भाषामा लेखिएका लेखहरू आउँछन् । वीकीपिडिया सहकार्यबाट चल्छ । अनलाइन ज्ञानो स्रोत बनेको वीकीपिडियालाई विश्वभरिका बौद्धिक वर्गले साझा प्रयोग गर्छन् । प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरू मात्र होइन, नेपालमा बौद्धिक क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरू वा क्लबहरू पनि छन् । तिनले समय–समयमा विविध कार्यक्रमहरू सञ्चालन गरेर सामाजिक चेतनाको विकासका लागि केही न केही योगदान पु¥याएका छन् ।

सेडा, रिकास्ट, सिनास र सेरिज जस्ता संस्थाहरू विश्वविद्यालयसँग सम्बन्धित बौद्धिक संस्थाहरू हुन् । यिनले पनि यदाकदा बौद्धिक कार्यहरू सञ्चालन गरेर आºनो दायित्व पूरा गरेका छन् । विश्वविद्यालय अनुदान आयोग (यूजीसी)ले पनि फ्याकल्टी डेम्लोप्मेन्टका लागि आवश्यक स्रोत जुटाउने कार्य गरेको पाइन्छ । विभिन्न विश्वविद्यालयका रिसर्ज कमिटीहरू अनि विषयगत संकायहरू पनि बौद्धिक वा शैक्षिक कार्यहरू सञ्चालन गर्नमा सक्रिय छन् ।

कतिपय अवस्थमा भनें स्वीकृत भएका कार्यक्रमहरूको परिणाम सन्तोषजनक नभएको अवस्था पनि छ । उपलब्धी खासै नदेखिए पनि बजेटको उपयोग भएको चाहिँ बताइन्छ ।पहाडी वा हिमाली भू–भाग अनि त्यहाँका जनताको अवस्थालाई अध्ययन गर्ने कार्य ‘इसिमोड’ नाम गरेको संस्थले गर्छ । जनताका समस्यालाई अध्ययन गरी यो संस्थाले पहाडी र हिमाली क्षेत्रको विकासका लागि कार्ययोजना प्रस्तुत गर्छ । अन्तर्राष्ट्रिय स्तरको यो बौद्धिक सस्था नेपालमा पनि कार्यरत छ । यस प्रसंगमा नेपालको राष्ट्रिय योजना आयोगलाई पनि स्मरण गर्नु पर्ने हुन्छ ।

नेपालमा बुद्धिजीवी संगठनहरू प्राय स्वतन्त्र छन् । यिनीहरू देशको समाजिक, आर्थिक, शैक्षिक र राजनीतिक सुधारका लागि सक्रिय छन् । नेपाल प्रज्ञा परिषद्, नेपाल बौद्धिक परिषद् जस्ता संस्थाहरूले साहित्यिक शैक्षिक र सांस्कृतिक विषयमा चासो राखेर बहस चलाउँदै समाजको उन्नयनका लागि योगदान पुर्याएका छन् । त्यती हुँदाहुँदै पनि यस्ता बौद्धिक संगठनहरूमा स्रोतको अभाव, राजनीतिक हस्तक्षेप अनि आन्तरिक रूपमा अनुसन्धानका कमीकमजोरीहरू देखिएका छन् । 

नेपालमा बुद्धिजीवी संगठनहरूको प्रभावकारिता बढाउन संगठनलाई अझ सशक्त बनाउन र अनुसन्धान केन्द्रको पनि विस्तार गर्न जरूरी छ । यसका लागि सरकारले बढी ध्यान दिनु पर्ने अवस्था छ । तथापि बौद्धिक कार्य गर्ने सबै संस्थाहरूका लागि स्वतन्त्रताको सुनिश्चितता चाहिँ अनिवार्य हुन्छ ।

View : 319

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved