विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचा–६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले जितेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राती सम्पन्न प्रतियोगितामा उच्च मावि (सिनियरतर्फ) एभरेष्टले ३ स्वर्ण, ३ रजत र १ कास्य पदक ल्याएर उपाधि जितेको हो । त्यसैगरी कक्षा १० सम्मको जुनियरतर्फ पूर्वाञ्चल एकेडेमीले ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित ४० अंकको साथ उपाधि जितेको हो ।
त्यस्तै जुनियरतर्फ ४ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित २९ अंक ल्याएर सुन्दरहरंैचामा रहेको बाल प्रतिभा स्कुल द्वितीय भएको छ । २ स्वर्ण २ रजत र १ कास्य पदकसहित १५ अंक ल्याएर विराटनगरको ग्यालेक्सी पब्लिक स्कुल तृतीय भएको छ ।
त्यसैगरी सिनियरतर्फ ३ स्वर्ण, २ रजत र २ कास्य पदक सहित सुन्दरहरैंचा नगरपालिकामा रहेको ब्राइट फ्युचर स्कुल द्वितीय र २ स्वर्ण १ रजत र १ कास्य पदकसहित सिद्धार्थ स्कुल तृतीय भएको छ ।
यसैगरी प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत भएको फुटबल प्रतियोगितामा हरैंचा मोडलले उपाधि जितेको छ । सहिद रंगशालामा भएको फाइनलमा पथरीको बाल्मीकि स्कुललाई ४–० गोलले पराजित गर्दै हरंैचा मोडलले फुटबलको उपाधि जितेको हो ।
त्यसैगरी भलिबल प्रतियोगितामा चार वटा स्कुलले उपाधि जितेका छन् । कक्षा १० सम्म भएको भलिबल प्रतियोगिताको छात्रतर्फको प्रथम उर्लाबारीको मोरङ मोडल र छात्रातर्फको प्रथम पथरीको एभरेष्ट स्कुलले जितेका छन् ।
त्यसैगरी उच्च मावितर्फ भलिबलको छात्रतर्फको उपाधि सुन्दरहरैंचाको सिद्धार्थ स्कुल र छात्रातर्फको उपाधि ब्राइट फ्युचर स्कुलले जितेका छन् ।
प्याब्सन स्पोर्ट्स मिटअन्तर्गत भएको बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरको एभरेष्ट स्कुलले जितेको छ । रतुवामाई नगरपालिकाको राष्ट्र निर्माण स्कुल दोस्रो र सुन्दरहरैंचाको ब्राइट फ्यूचर स्कुल तेस्रो भएका छन् ।
टेबल टेनिस प्रतियोगिताको छात्रा सिङल्स्तर्फ बूढानीलकण्ठ स्कुलकी मानसी तामाङले एभरेष्ट बिराटनगरकी आशना कटवाललाई ३–१ सेट स्कोरले पराजित गर्दै प्रथम भएकी छन् ।
छात्रा सिंगल्सतर्फ एभरेष्ट स्कुल विराटनगरका सुशान्त मेहताले बूढानीलकण्ठका रुपेश श्रेष्ठलाई ३–० सेट स्कोरले पराजित गर्दै प्रथम भए । उच्च मावितर्फका खेलहरूमा छात्रा सिंगल्स इभेन्टमा ब्राइट फ्युचर सुन्दरहरैंचाकी निक्की महतो प्रथम भइन् ।
छात्र सिंगल्स उच्च मावितर्फ एभरेष्ट विराटनगरका अनुज माझी प्रथम भए । छात्रा टिम इभेन्ट उच्च मावितर्फ ब्राइट फ्युचर सुन्दरहरैंचा प्रथम, एभरेष्ट स्कूल विराटनगर द्वितीय र सिद्धार्थ स्कुल सुन्दरहरैंचा तेस्रो भए ।
छात्र टिम इभेन्ट उच्च मावितर्फ एभरेष्ट विराटनगर प्रथम, ब्राइट फ्युचर सुन्दरहरैंचा द्वितीय, पशुपती सेकेन्डरी स्कुल उर्लाबारी र बालप्रतिभा स्कुल सुन्दरहरैंचा संयुक्त रुपमा तृतीय भए ।
बिजेता खेलाडीहरूलाई प्याब्सनका राष्ट्रिय निर्वतमान अध्यक्ष टिकाराम पुरी, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम ढकाल, मोरङ अध्यक्ष जगतबहादुर बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए ।
View : 149
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved