Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
वातावरण

भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु

उद्‌घोष सम्वाददाता
२९ चैत २०८१, शुक्रवार

नयाँदिल्ली । भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार असिना पानीका कारण २५ जनाको मृत्यु भएको बिहारको राज्य सरकारले जनाएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई चार लाख भारतीय रुपैयाँ (चार हजार ६४९ अमेरिकी डलर) आर्थिक राहत दिने घोषणा गरेका छन् ।

विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतुकको सङ्ख्या बढिरहेको सरकारले जनाएको छ ।

मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ । (रासस/सिन्ह्वा)

View : 112

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved