विराटनगर । नेकपा एमाले उर्लाबारी नगर कमिटीको दोस्रो अधिवेशन सुरु भएको छ ।
उर्लाबारी–४ स्थित जय वशिष्ठ रिसोर्टको सभा हलमा मंगलबार सुरु भएको अधिवेशनको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले गरेका छन् ।
अधिवेशनको उद्घाटनका अवसरमा २०४ जना प्रतिनिधिसहित पार्टीका नेता कार्यकर्ताहरू सहभागी रहेको जनाइएको वर्तमान नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले बताए । अधिवेशनको बन्दसत्र पनि आजै रहेको छ ।
नगर अध्यक्षका लागि निरोज तिम्सिना, गोपाल रिमाल र सुरेन्द्र शेर्मा आकांक्षी रहेको जनाइएको छ ।
नगर अध्यक्ष बाँस्तोलाले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन् । तर सर्वसम्मत नेतृत्व चयन हुन नसके बुधबार निर्वाचन हुने जानकारी दिए ।
अधिवेशनमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, कोशी प्रदेश कमिटीका अध्यक्ष धनश्याम खतिवडा, एमाले मोरङका सचिव सोमराज थापा लगायतले शुभकामना दिएका छन् ।
View : 160
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved