Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

चट्याङ लागेर झापा र मोरङमा गरी दुईजनाको मृत्यु

चट्याङ खसेर केराबारीमा कुखुरा फाराममा आगलागी हुँदा ५ लाखको क्षति
उद्‌घोष सम्वाददाता
२७ चैत २०८१, बुधवार

बुधबार विहान चट्याङ परेर आगलागी भएको कुखुरा फाराम ।

विराटनगर । बुधबार दिउँसो परेको चट्याङ लागेर दुईजनाको ज्यान गएको छ । मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा साइकल कुदाइरहेका १२ वर्षीय आविष्कार बरालको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ । उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

स्कुल छुट्टी भएका कारण सुनसरीको इटहरीबाट केराबारीस्थित मामा घर गएका बालक बरालको चट्याङ लागेर मृत्यु भएको हो । 

बुधबार नै झापाको गौरादह नगरपालिका–५ मा खेतमा काम गरिरहेका ५४ वर्षीय दुधकुमार लावतीको पनि चट्याङ लागेर मृत्यु भएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका पाँचथर घर भएका लावतीको पनि उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यता, मोरङको केराबारी गाउँपालिका–९ देबीझोडामा बुधबार बिहान मुसलधारे वर्षासँगै परेको चट्याङले एउटा कुखुरा फाराममा आगलागी भएको छ ।

आगलागीका कारण स्थानीय अम्बर बहादुर खड्काको कुखुरा फाराममा पालिएका सवै कुखुरा जलेर मरेका छन् । आगलागीबाट खड्काको करीव पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । 

चट्याङ खसेपछि कुखुरा फाराममा आगो फैलिएको स्थानीयले बताए । दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएको जनाइएको छ ।

View : 191

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved