पूवि कला, कानून तथा शिक्षा संकायको डीनमा नियुक्त भएका सहप्राध्यापक राम ढकाल पदास्थापनपछि आफ्नो कार्यकक्षमा ।।
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न संकायका महत्वपूर्ण नेतृत्वदायी पदका प्राध्यापकहरूको नियुक्ति गरेको छ । विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक कार्यलाई थप चुस्त बनाउने उद्देश्यले यी नियुक्तिहरू गरेको हो ।
नवनियुक्त पदाधिकारीहरूमा सह–प्राध्यापक राम ढकाल कला, कानून तथा शिक्षा संकायको डीनमा नियुक्त भएका छन् । त्यस्तै, डा दिलीपकुमार भगतलाई सह–परीक्षा नियन्त्रकमा नियुक्त गरिएको छ ।
विज्ञान तथा प्रविधि संकायको निमित्त डीनको जिम्मेवारी सह–प्राध्यापक मनोजकुमार हलुवाईलाई दिइएको छ । यसअघि उनी सह–डीनको रूपमा कार्यरत थिए ।
यसैगरी, इन्जिनियरिङ संकायको निमित्त डीनको थप जिम्मेवारी इञ्जिनियर हेमन्तकुमार गोहित यादवलाई सुम्पिएको छ । यसअघि उनी सह–डीन पदमा थिए । नियुक्त भएका सबैको बुधबार पदस्थापन भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ, मोरङको कार्यकारी समितिको बैठकले उनीहरुलाई नियुक्त गरेको हो । उनीहरुको नियुक्तिले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र प्रशासनिक सुधारमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
View : 552
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved