ब्रेकिङ
विराटनगर । विराटनगर केन्द्रीय कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलनमा उक्त सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित तीनजनाविरुद्ध मोरङ जिल्ला अदालतले सजाय तोकेको छ ।
बचतकर्ताको बचत अपचलन गरेको आरोपमा अदालतबाट दोषी ठहर भइसकेका अध्यक्ष शर्मालाई बिहीबार ६ बर्ष कैद र १ अर्ब ३५ करोड १८ लाख ४२ हजार ५३६ रुपैयाँ विगो र जरिवाना तोकिएको हो ।
मोरङ जिल्ला अदालतकी न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले तुलसी सहकारीका अध्यक्ष शर्माविरुद्ध ६ वर्ष कैद सजाय तोकेको फैसला गरेकी हुन् । फैसला अनुसार शर्मालाई ६९ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र बिगो बराबरकै रकम जरिवाना पनि तोकिएको मोरङ जिल्ला अदालतका श्रेस्तेदार मणि पोखरेलले जानकारी दिए ।
उनले सहकारीका अध्यक्ष शर्मालाई पीडित राहतकोषमा थप २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ जम्मा गर्न समेत अदालतले आदेश भएको बताए ।
फैसला अनुसार सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई २ वर्ष २ महिना कैद सजाय सुनाइएको छ । उनलाई २७ लाख रुपैयाँ बिगो र त्यत्ति नै जरिवाना तोकेको छ।
त्यसैगरी सहकारीकी सचिव सविना न्यौपानेलाई २ वर्ष कैद र राहत कोषमा ६ सय रुपैयाँ जम्मा गर्न अदालतले आदेश दिएको जनाइएको छ ।
View : 208
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved