Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विकास परामर्शदाताहरूको क्षमता विकास

उद्‌घोष सम्वाददाता
२८ जेठ २०८२, बुधवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले स्थानीय व्यवसायिक विकास परामर्शदाताहरूको क्षमता विकास तालिम सञ्चालन गरेको छ । महासंघको आयोजना र उदय परियोजनासँगको सहकार्यमा तीन दिने तालिम बुधबारदेखि सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले प्रदेशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महासंघ कोशी क्रियाशील रहेको बताए । 

उनले स्थानीय व्यावसायिक विकास परामर्शदातामार्फत कोशी प्रदेशमा रहेका साना तथा मझौला उद्योग व्यवसायीको पूँजीमा पहुँच बढाउने, लगानी तथा नवप्रवर्तन अनुकुल व्यवसायिक वातावरण सृजना गर्ने लगायतका काममा व्यवसायिक विकास परामर्शदाता परिचालन गर्ने जानकारी दिए ।

महासंघले उपाय बिजिनेस सोलुसनसँगको सहकार्यमा कृषि क्षेत्रका करिवएक दर्जन कृषि उद्यमीहरूको ब्याजमा अनुदान कर्जाको लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा सहजीकरण गरिरहेको अध्यक्ष राउतले बताए ।

कार्यक्रमका माध्यमबाट जिल्ला/नगर उद्योग बाणिज्य संघको क्षमता विकास, नेटवर्क विस्तार, समन्वय तथा साना तथा मझौला उद्योगको दिगो विकास र विस्तारस“गै व्यवसाय अनुकूल वातावरण निर्माणका गर्नका लागि सहकार्यको थालनी हुने जनाइएको छ ।

व्यवसायिक विकास परामर्शदाताहरूको भूमिकाले कोशी प्रदेशमा रहेका जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई संस्थागत आम्दानी वृद्धि, सदस्य व्यवसायीहरूमा सेवा प्रवाहले सन्तुष्टि र स्थानीय रोजगारी सिर्जना गर्ने बताए ।

उदय परियोजनाका प्रमुख बिष्णु काफ्लेले साना तथा मझौला उद्यमीहरूका लागि व्यावसायिक विकास परामर्शदाताहरूको सेवाले व्यवसाय विकास, बजार नेटवर्क विस्तार, लगानी आकर्षण, सरकारी नीतिगत जानकारी, अनलाइन प्रणाली तथा नवप्रवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कोशी प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघका ३० जना सचिवालय प्रमुख र स्थानीय व्यवसायिक विकास परामर्शदाताहरूको सहभागिता रहेको तालिममा उपाय बिजिनेस सोलुसन काठमाडौंका साजन पाठक र बालाजी खनालले सहजिकरण गरेका छन् ।

View : 108

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved