ग्राहक बन्नका लागि
विराटनगर । दसैँमा साथीभाइसँग बसेर रमाइलो गर्ने र केही रकम दाउमा लगाएर मनोरञ्जन लिने चाहनाले कतिपयलाई यसपटक प्रहरी हिरासतसम्म पुर्याएको छ । जुवा खेलेको आरोपमा पक्राउ परेपछि...
धनकुटा । धनकुटामा यही कात्तिक १४ गते गर्ने तय भएको नेकपा एमाले धनकुटाको आठौं जिल्ला अधिवेशन, प्रतिनिधि परिषद बैठक तथा कार्यकर्ता भेला स्थगित गरिएको छ । पूर्व राष्ट्र...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यताको कमीलाई हारको मुख्य कारण बताएका छन्...
विराटनगर । धान पाकेर भित्र्याउने समय, त्यसमाथि वर्षाको पूर्वानुमान । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को सम्भावित प्रभावले कोशी प्रदेशमा धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई समयमै बाली सुरक्षित गर्नुपर्ने दबाब बढाएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबार रातिदेखि नेपालमा मौसम प्रभावित हुन सक्ने र शुक्रबार तथा शनिबार कोशीसहितका प्रदेशमा वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि सरकारी निकायले धान काट्ने र भित्र्याउने काम समयमै सक्न आग्रह गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२ गते बिहीबारअघि नै कृषि कार्य पूरा...
विराटनगर । विराटनगर–११ बसपार्कस्थित कञ्चन बहुउद्देश्यीय कम्पनी प्रालिद्वारा सञ्चालित कञ्चन छापाखाना तथा कञ्चन स्टेशनरीमा बिहीबार साँझ आगलागी भएको छ । सञ्चालक सन्तोष पौडेलका अनुसार, विद्युत सर्ट भई अचानक सुरु भएको सो आगलागीले छापाखानाका सम्पूर्ण महत्त्वपूर्ण कागजातहरू तथा महँगा मिल मेशिनरीहरू जलेका छन् । साँझ ६ बजेबाट सुरु भएको आगोको ज्वालाले ठूलो रूप लिँदा नियन्त्रणमा लिन निकै ठुलो क्षति बेहोर्नुपरेको थियो । स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकलको प्रयासपछि राति अबेर मात्र आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सकिएको थियो । आगलागीबाट भएको कुल आर्थिक क्षतिको यकिन विवरण हालसम्म...
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत करिब ९० प्रतिनिधि सभा क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ । उक्त समूहका नेता किरणराज शर्मा पौड्यालका अनुसार हालसम्म ९० क्षेत्रको क्षेत्रीय र नौं जिल्लाको जिल्ला अधिवेशन पनि सकिएको छ । पौडेलले भने,‘कार्तिक १५ गते जिल्ला अधिवेशन छ त्यसअघि नै एक मात्र निर्वाचन क्षेत्र रहेका नौं जिल्लाका अधिवेशन सकिएको छ र नयाँ नेतृत्व आइसकेको छ । १५ गतेसम्ममा लगभग सबै जिल्लाको अधिवेशन सकिने छ । मंसिर ४ गते सातै प्रदेशको अधिवेशन पनि हुनेछ ।’ १५ औं महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरिएको र सो अनुस...
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालका विभिन्न भागमा देखिन थालेको छ। हिजोदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो देशका अधिकांश स्थानमा बादल लाग्ने पूर्वानुमान गरेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर...
सुन्दरहरैँचा । मासिक २ हजार ५०० रुपैयाँ तलबमा छापाखानाको काम सिक्न सुरु गरेका लक्ष्मण लाम्गादे अहिले आफ्नै छापाखाना सञ्चालन गर्दै आएका छन् । लामो संघर्ष, निरन्तर मेहनत र वर्षौँको अनुभवका आधारमा व्यावसायिक यात्रा अघि बढाएका लाम्गादेले सुन्दरहरैँचा नगरपालिका–१२ मा ‘प्रणाम छापाखाना’ सञ्चालन गरिरहेका छन् । वि.सं. २०४१ सालमा हालको रतुवामाई नगरपालिका क्षेत्रमा पर्ने इटहराबाट सुन्दरहरैँचा आएका लाम्गादेको व्यावसायिक यात्रा सामान्य अवस्थाबाट सुरु भएको थियो । सुरुमा छापाखानामा मासिक २ हजार ५०० रुपैयाँ तलबमा काम गर्दै उनले यस क्षेत्रको सीप र अनुभव हासिल गरे । केह...
इनरुवा । कोशी प्रदेशका आठ जिल्लाका ३१ जना शिक्षकलाई वैश्विक नागरिक शिक्षासम्बन्धी पाँचदिने अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ । नेपाल सरकार, शिक्षा विभाग सानोठिमी भक्तपुरको आयोजनामा सञ्चालित कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा सहभागी शिक्षकहरूलाई लोकतान्त्रिक मूल्य र मान्यता, सामाजिक न्याय, समावेशिता, डिजिटल शिक्षा, जलवायु परिवर्तन, स्वास्थ्य तथा वातावरणलगायत विषयमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा शिक्षा विभाग सानोठिमी भक्तपुरका वरिष्ठ प्राविधिक अधिकृत रामचन्द्र ढकाल, शिक्षा तालिम केन्द्र इनरुवाका वरिष्ठ प्रशिक्षक रेवन्तबहादुर बस्नेत तथा प्रशिक्षकहरू शान्तकुमार चौहान,...
सुर्खेत । सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या सबैभन्दा बढी दार्मा गाउँपालिकामा रहेको छ । दार्मामा सबैभन्दा बढी संक्रमित कार्यालयको तथ्यांकअनुसार दार्मा गाउँपालिकामा २८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा...
विराटनगर । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश खेलकुद विकास बोर्ड,कोशी प्रदेशको प्राविधिक प्रमुखमा सिनियर कराते प्रशिक्षक विमल पोखरेल मनोनित भएका छन् । बोर्डका सदस्य–सचिव विप्लव घोषले मंगलबार पोखरेललाई प्राविधिक प्रमुखमा मनोनयन गरिएको पत्र दिएका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गर्ने तय गरिएको छ । प्रतियोगिताको मुख्य आयोजनास्थल सुर्खेतको वीरेन्द्रनगर रहने छ भने कर्णाली प्रदेशका विभिन्न जिल्लामा समेत खेलकुद गतिविधि सञ्चालन गरिने छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एन...
विराटनगर । विराटनगर साहित्य सङ्गमको २४२औँ साहित्य शृङ्खलाको अवसरमा फूलपातीका दिन एक विशेष कार्यक्रम आयोजना गरी साहित्यकार तोमनाथ उप्रेतीको समालोचना सङ्ग्रह ‘अक्षरभित्र चिन्तन’ लोकार्पण गरिएकाे छ । सो कार्यक्रममा दशैं, तिहार, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो। कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, सचिव गोपाल निर्भीक, प्राज्ञ विवश पोखरेल र बलराम पोखरेलले संयुक्त रूपमा सो पुस्तकको लोकार्पण गरेका थिए। समालोचक तोमनाथ उप्रेतीको यस सङ्ग्रहभित्र मोरङ जिल्लाका सत्रजना कवि, कथाकार, नाटककार, उपन्यासकार र मुक्तककारका कृतिमाथि...
सुन्दरहरैँचा । नेपाली लोकप्रिय सांगीतिक समूह नेपथ्य पहिलोपटक इटहरीमा प्रस्तुत हुने भएको छ। कात्तिक १८ गते इटहरी रंगशालामा हुने सांगीतिक कार्यक्रमका लागि तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजना तथा इटहरी उपमहानगरपालिकाको प्रवर्द्धनमा हुन लागेको कार्यक्रममा करिब १० हजार दर्शक अट्ने व्यवस्था मिलाइनेछ । आयोजकका अनुसार हालसम्म करिब तीन हजार टिकट बिक्री भइसकेका छन् । आयोजक संस्थाका अध्यक्ष राजकुमार कार्कीका अनुसार इटहरीमा नेपथ्यको यो पहिलो प्रस्तुति नै अन्तिम हुन सक्ने सम्भावना छ । नेपथ्य टोलीसँगको कुराकानीमा त्यसपछि इटहरीमा अर्को प्रस्तुति नहुन सक्ने कुरा...
काठमाडौं । स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । स्थानीय समयअनुसार बिहान ८ः५४ बजे म्याड्रिडबाट करिब १२० किलोमिटर दक्षिणमा पर्ने टोलेडो प्रान्तको उर्दा स्टेसननजिक दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूको उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ । दुर्घटनास्थलको भ्रमणपछि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाबारे विस्तृत अनुसन्धान गर्ने घोषणा गरेका छन् । उनले सुरक्षा प्रणालीमा लापरबाही वा कमजोरी भएको पाइए जिम्मेवार पक्षमाथि कारबाही गरिने बताएका छन् । ‘...
विराटनगर । नेपाली बजारमा सार्वजनिक भएको एक महिनाभित्रै एलजी वाटर प्युरिफायरले उत्साहजनक बिक्रीसहित लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ । उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र निःशुल्क मर्मतसम्भार सुविधाले उपभोक्तालाई आकर्षित गरेको कम्पनीको भनाइ छ । एलजी वाटर प्युरिफायरमा विभिन्न चरणको पानी शुद्धीकरण प्रविधि, आरओ प्रणाली तथा मिनरल बुस्टर समावेश छन् । यसको आठ लिटर क्षमताको ट्याङ्कीमा एयरटाइट कभर र लकिङ प्रणालीसमेत रहेको छ । कम्पनीका अनुसार यसमा पहिलो वर्ष दुई पटक निःशुल्क सेवा, दुई पटक कन्ट्याक्टलेस मर्मतसम्भार तथा दुई पटक बाहिरी सेडिमेन्ट फिल्टर उ...
रंगेली नगरपालिका–३ निवासी (नाम परिवर्तन) सरिता, ५२ वर्षीया गृहिणी हुन् । उनी खेतीपाती गरेर परिवारको जीविकोपार्जनमा सहयोग गर्दै आएकी छन् । उनको परिवारमा दुई छोरा, एक बुहारी र पाँच वर्षका एक नाति छन् । करिब ३० वर्षअघि विवाह भएको थियो । विगत दुई वर्षदेखि श्रीमान् दीर्घरोगका कारण बिरामी रहनुभएको थियो र नियमित उपचार गराइरहनुभएको थियो । अन्ततः २०८१ साल साउनमा श्रीमानको निधन भयो । श्रीमानको निधनपछि उनको व्यवहारमा उल्लेखनीय परिवर्तन देखिन थाल्यो । उनी कहिले अत्यधिक हाँस्ने, कहिले काम्ने, आफूलाई देवी–देवताले छोएको वा शक्ति प्राप्त भएको बताउने, शिवजी आफ्ना इष्टदेवता भएको...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved