विराटनगर । मोरङको बुढीगंगा–२ स्थित जेभियर्स बोर्डिङ स्कुलले ९औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार झव्य कार्यक्रमका बीच वार्षिकोत्सव मनाइएको विद्यालयले जनाएको छ ।
वार्षिकोत्सव कार्यत्रमको उद्घाटन कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले गरेका हुन् । मन्त्री खत्रीले सोही विद्यालयका विद्यार्थीहरूले तयार पारेको विद्यालयको वेवसाइटलाई सार्वजनिक गर्दै वार्षिकोत्सवको उद्घाटन गरेका थिए । मन्त्री खत्रीले पढेर मात्रै शिक्षा प्राप्त नहुने बताए । ऊनले शिक्षाका लागि विद्यालयमा अध्ययनसँगै अतिरिक्त त्रियाकलापहरू राम्रो हुनुपर्ने बताए ।
‘शिक्षा बिना विकास सम्भव छैन, पढेर माक्रै हुँदैन, राम्रो नम्बरले मात्रै हुँदैन, राम्रो त्रियाकलाप पनि गर्नुपर्छ’ उनले भने, ‘पढ्ने व्यक्ति असल उद्यमी बन्न सक्नुपर्छ, कृषक पनि बन्नुपर्छ ।’
सरकारले कोशी प्रदेशको कृषि र सहकारी क्षेत्रलाई राम्रो बनाउनका लागि योजनाहरू ल्याउने बताए । त्यसका लागि विद्यार्थीहरूले पनि साथ दिनुपर्ने मन्त्री खत्रीको भनाइ थियो ।
विद्यालय सञ्चालक समितिकी अध्यक्ष सरिता राना मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, गाउँपालिका शिक्षा शाखाकी प्रमुख लक्ष्मी न्यौपाने, समाजसेवी राजन खत्री लगायतको उपस्थिति रहेको थियो ।
जेभियर्स स्कुलमा ९ सय विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपल परेश पोखरेलले जानकारी दिए । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न किसिमका सिर्जनात्मक प्रस्तुतिहरू गरेका थिए ।
View : 273
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved