Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

उद्‌घोष सम्वाददाता
५ भदौ २०८१, बुधवार

झापा । आफ्नै श्रीमती ३० वर्षीया रन्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८ शिवालय टोल बस्ने ४७ वर्षीय ओम प्रकाश अधिकारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विवादमा ओम प्रकाशले खुकुरी प्रहार गर्दा श्रीमती रन्जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले ओम प्रकाशलाई खुकुरीसहित पक्राउ गरेको जनाइएको छ ।

View : 168

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved