Biratnagar, Morang, Nepal
३ असार २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

उदयपुर–ओखलढुंगा जोड्ने घुर्मी पुलमा जमेको लेदो पन्छाउन सुरु

उद्‌घोष सम्वाददाता
१३ असोज २०८१, आइतवार

विराटनगर । पुलमाथिबाट बगेको सुनकोशीको बाढीले उदयपुर र ओखलढुंगा जोड्ने घुर्मी पुलमा जम्मा गरेको लेदो पन्साउन सुरु गरिएको छ । 

सडक विभागले जयरामघाटको घुर्मी पुलको लेदो डोजर लगाएर पन्छाउन सुरु गरेको जनाइएको छ ।

निरन्तरको वर्षापछि उर्लिएको सुनकोशीको बाढी शनिबार उदयपुरको घुर्मी बजार र ओखलढुंगाको हर्कपुर जोड्ने पक्की पुलमाथि चढेको थियो । जसका कारण पुल समेत जोखिममा परेको थियो ।

अहिले सुनकोशीको बहाव घटेका कारण पुलमा जम्मा भएको लेदो पन्साउन थालिएको प्रहरीले जनाएको छ ।

पुलमा जमेको लेदोका कारण शनिबार दिउँसोदेखि सवारी साधन संचालन हुन सकेको छैन ।

सुनकोशी नदीमाथिको यो पुल बन्न दुई दशक लागेको थियो ।

View : 215

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved