Biratnagar, Morang, Nepal
२९ चैत २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य

उद्‌घोष सम्वाददाता
२३ भदौ २०८१, आइतवार

काठमाडौँ, २३ भदौ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ ले घटेको छ ।

शुक्रबार प्रतितोला  एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ ।  रासस

View : 157

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved