बबरसिंह–देवकुमारी थापा सेवा गुठीको सम्मान
विराटनगर। वैज्ञानिक महावीर पुन र ‘नर सेवा,नारायण सेवा’ बिहीबार विराटनगरमा सम्मानित भएका छन् । बबरसिंह–देवकुमारी थापा सेवा गुठी विराटनगरले प्रत्येक वर्ष समर्पण गर्दै आएको दुई पुरस्कारबाट उनीहरु पुरस्कृत एवम् सम्मानित भएका हुन् ।
गुठीले प्रत्येक वर्ष प्रदान गरिने देवकुमारी थापा स्मृति सम्मान २०८१ बाट सुविख्यात सामाजिक अभियन्ता, लेखक तथा वैज्ञानिक महावीर पुनलाई नगद ५१ हजार, दोल्ला र सम्मानपत्रद्वारा सुशोभन गरिएको थियो ।
यसैगरी बबरसिंह थापा स्मृति सम्मानद्वारा नर सेवा, नारायण सेवाको तर्फबाट उपाध्यक्ष देवकीनन्दन अग्रवाललाई सम्मान गरिएको छ । अग्रवाललाई नगद २५ हजारसहित दोसल्ला, सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
१८ महिनादेखि निरन्तर कोशी अस्पताल विराटनगरका विरामी, कुरुवालाई दैनिक खाना र जाडोमा चिया विस्कुट समेत निशुल्क खुवाउँदै आएको ‘नर सेवा, नारायण सेवा’लाई सुशोभन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राजनीतिक विश्लेषक प्रा कृष्ण पोखरेल, गुठीका अध्यक्ष कविराज न्यौपाने, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले उनीहरुलाई सम्मानित गरेका थिए ।
सो अवसरमा संस्थाका सचिव दिनेश श्रेष्ठ, कोषाध्यक्ष हरिमोहन श्रेष्ठ, कवि तथा साहित्यकार प्रमोद प्रधानले गुठी तथा सम्मानित व्यक्ति तथा संस्थाको बारेमा परिचय गराएका थिए ।
सो क्रममा नर सेवा, नारायण सेवाका उपाध्यक्ष देवकीनन्दन अग्रवालले आफूले पाएको २५ हजारमा १६ हजार रकम थपेर ४१ हजार रुपैयाँ पारी विराटेश्वर सेवा आश्रमका लागि अध्यक्ष जगत अर्ज्याललाई समर्पण गरेका थिए ।
View : 115
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved