Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

स्वराजको ग्राहक भेलामा सार्वजनिक गरियो ‘स्वराज ७४४ एक्सटी’

उद्‌घोष सम्वाददाता
११ कार्तिक २०८१, आइतवार

विराटनगर । महावीर अटोमोबाइल्स प्रालि विराटनगरले आफ्ना ग्राहकहरूको भेलामार्फत स्वराज कम्पनीको नयाँ ट्याक्टर ‘स्वराज ७४४ एक्सटी’ सार्वजनिक गरिएको छ । 

सयौँ ग्राहकहरूको माझमा स्वराजको नयाँ मोडल ‘स्वराज ७४४ एक्सटी’ को सार्वजनिकरण गरिएको हो ।

सार्वजनिक गरिएको नयाँ मोडेलको ट्याक्टरमा रोटाभेटरका लागि १२ इन्चको दोहोरो क्लच, भारी लोडमा पनि राम्रो ब्रेक, ठुलो रियर टायर, बलियो टर्क सहितको शक्तिशाली इन्जिन लगायतका विशेषता रहेको जनाइएको छ ।

कार्यक्रममा महावीर अटोमोबाइल्स प्रालिका अध्यक्ष मोहनलाल शर्मा, निर्देशक ओम शर्मा, स्वराज इन्डियाका नेपाल प्रमुख प्रदीप जयप्रकाश, नेपालका बिक्री प्रबन्धक जितेन्द्र सिंह, नेपाल कस्टमर केयर प्रमुख अरविन्द मण्डल, महावीर अटोका बिक्री प्रबन्धक विजय किशोर देव र भीम ढकाल, अटोमोबाइल डिलर्स एशोसिएसनका केन्द्रीय सदस्य सञ्जय कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

 

View : 229

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved