Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

मुनालपथमा इलेक्ट्रिक साइकलको सोरुममा आगलागी (फोटो)

उद्‌घोष सम्वाददाता
९ असोज २०८१, बुधवार

विराटनगर । विराटनगरको मुनालपथमा रहेको इलेक्ट्रिक साइकलको एउटा सोरुममा आगलागी भएको छ ।

विराटनगर महानगरपालिका–२ स्थित मुनालपथमा अहिले आगो लागिरहेको जनाइएको छ ।

भव्य इन्टरनेशनलले संचालन गरेको सोरुममा आगलागी भएको हो । आगलागीबाट अधिकांश इलेक्ट्रिक साइकलहरु जलेका छन् ।

दमकल आइनपुगेका कारण आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नजिकका अन्य पसलहरूमा समेत फैलिने जोखिम बढेको छ ।

छेउमा बजाज मोटरसाइकलको सोरुम समेत रहेको छ । इलेक्ट्रिक साइकलको ब्याट्री सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

View : 1517

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved