Biratnagar, Morang, Nepal
३ असार २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

बजेट कार्यान्वयन भए आगामी वर्ष ५.३ प्रतिशत आर्थिक बृद्धि

कोशी प्रदेश सरकारले आइतबार मात्रै आर्थिक बर्ष २०८२–८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।  उक्त बजेटको कार्यन्वयनबाट २०८२–८३ मा प्रदेशको आर्थिक बृद्धिदर ५ दशमलव ३ पुग्ने आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बताए ।
उद्‌घोष सम्वाददाता
३ असार २०८२, मङ्गलवार

भोजपुरको षडानन्द नगरपालिका-१२ स्थित तुर्के पुल-साम्पाङ-फाली दोबाटो सडकखण्ड कालोपत्र गरिँदै । यहाँ प्रदेश सरकारको लगानीमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको छ । तस्बिर : युवराज विष्ट/रासस

विराटनगर । संघीयताको अभ्यासयताका सात वर्षमा कोशी प्रदेशको बजेट कार्यान्वयनबाट प्रदेशको औषत आर्थिक बृद्धिदर ४ प्रतिशत कायम भएको छ । प्रदेश सरकार गठन भएदेखि हालसम्मको अवधिमा कोशी प्रदेशको आर्थिक बृद्धि औषत ४ प्रतिशत रहेको प्रदेश सरकारको दाबी छ ।

चालु आर्थिक वर्षमा देशको समग्र आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुँदा कोशी प्रदेशको भने ३.३४ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

कोशी प्रदेश सरकारले आइतबार मात्रै आर्थिक बर्ष २०८२–८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

उक्त बजेटको कार्यन्वयनबाट २०८२–८३ मा प्रदेशको आर्थिक बृद्धिदर ५ दशमलव ३ पुग्ने आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बताए । 

कोशी प्रदेशमा आर्थिक वर्ष २०७६–७७ मा ५ खर्ब ९६ अर्ब कायम रहेको कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०८१–८२ सम्म बृद्धि भएर ९ खर्ब ७० अर्ब ७४ करोड पुग्ने बताए ।

आर्थिक वर्ष २०८१–८२ कुल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान भन् ३४.०५ प्रतिशत रहने उनले बताए । त्यस्तै सेवा र उद्योग क्षेत्रको योगदान क्रमशः ४९.९ प्रतिशत र १६.०५ प्रतिशत रहने अनुमान प्रस्तुत गरेका छन् । 

कोशी प्रदेशमा आर्थिक वर्ष २०७५–७६ मा प्रतिव्यक्ति आय १०२४ अमेरिकी डलर रहेकोमा आर्थिक वर्ष २०८१–८२ मा १४०१ अमेरिकी डलर पुगेको सरकारको दाबी छ । 

निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या राष्ट्रिय औषत २०.२७ प्रतिशतभन्दा कम अर्थात् १७.२ प्रतिशत रहेको छ ।

धनी र गरिब बीचको खाडल मापन गर्ने सम्पत्तिमा आधारित गिनी गुणक अंक आर्थिक वर्ष २०७५–७६ मा ०.३५ रहेकोमा आर्थिक वर्ष २०८१–८२ मा ०.३० पुगेको सरकारको भनाइ छ । यसले कोशी प्रदेशमा आय असमानता क्रमशः कम हुँदै गएको जनाइएको छ ।

View : 37

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved