Biratnagar, Morang, Nepal
८ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

सोलुको टाप्टिङमा पहिरोमा पुरिएर दुईको मृत्यु, एक गम्भीर

उद्‌घोष सम्वाददाता
१२ असोज २०८१, शनिवार

विराटनगर । पहिरोले पुरिएर सोलुखुम्बुको टाप्टिङमा दुई जनाको मृत्यु भएको छ । 

सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङको चैलुङका स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा घरमा रहेका उनका छोरी ३० वर्षीया कविता मगर र ४१ वर्षीया बुहारी रुपु मगर मृत्यु भएको वडा अध्यक्ष होमबहादुर मगरले बताए ।

शनिबार अपरान्ह पहिरो खसेको हो । पहिरोमा पुरिएर एकजना गम्भीर घाइते भएको उनले बताए । घाइतेलाई उपचारका लागि लैजान समेत कठिनाइ भइरहेको वडाध्यक्ष मगरले बताए ।

घटनास्थल सदरमुकाम सल्लेरीदेखि १५ किलोमिटर उत्तर रहेको जनाइएको छ । 

सडकका ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध हुँदा शव समेत पोष्टमार्टमका लागि लैजान नपाएको उनले बताए ।

यो घटनामा मृत्यु भएका सहित कोशी प्रदेशमा हालसम्म १० जनाको मृत्यु भएको छ ।

View : 222

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved