Biratnagar, Morang, Nepal
३ असार २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

सुन्दरपुर खानेपानीको अध्यक्षमा राई निर्वाचित

उद्‌घोष सम्वाददाता
१७ असोज २०८१, बिहिवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ५ र ६ मा पर्ने सुन्दरपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा एमाले र जसपाको गठबन्धनलाइ हराउँदै नेपाली कांग्रेस निकटका उम्मेदवार राजेन्द्र राई (राजु) निर्वाचित भएका छन् । 

मत परिणामअनुसार नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त प्यानलबाट अध्यक्षमा उम्मेदवार बनेका अरूण सुवेदीलाई १४१ मतान्तरले हराउँदै राई निर्वाचित भएका हुन् । सुवेदीले ३४० मत ल्याए भने राई ४८१ मत ल्याएर निर्वाचित भएका छन् । 

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेस निकटका हस्तबहादुर तामाङलाई हराउँदै एमाले र जनता समाजवादी पार्टीको संयुक्त प्यानलका लक्ष्मीप्रसाद सिग्देल निर्वाचित भएका छन् ।

सिग्देलले ४६९ मत ल्याए भने तामाङले ४४५ मत ल्याएका छन् ।  सचिवमा एमाले जसपा प्यानलबाट शंखर देवान ४१० मत ल्याएर निर्वाचित भएका छन् ।  कोषाध्यक्षमा चिरिञ्जीवी रेग्मी निर्वाचित भए । लेखा संयोजकमा पर्शुराम घिमिरे निर्वाचित भएका छन् । लेखा समिति सदस्यमा तेजनारायण चौधरी र भोगेन्द्र राई निर्वाचित भएका छन् ।  

महिला सदस्यमा उर्मिला श्रेष्ठ, चम्पा लिम्बू र मनकुमारी तामाङ निर्वाचित भएका छन् । दुई खुल्ला सदस्यमा बलभद्र चौधरी र गोकुल भट्टराई निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । 

सुन्दरपुर खानेपानीमा निर्वाचित भएका राईले खानेपानीको भवन निर्माण गर्नका लागि निःशुल्क जग्गा उपलब्ध गराउने तथा धारा जडान गर्न बाँकी उपभोक्ताहरूको घरमा यथाशिघ्र धारा जडान कार्यलाई अगाडि बढाउनेलगायतको आफ्नो योजना रहेको उल्लेख गरेका छन् ।

View : 169

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved