Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

हलेंसीबाट काठमाडाैं गइरहेको निजी कार सुनकोशीमा खस्यो

उद्‌घोष सम्वाददाता
८ भदौ २०८१, शनिवार

काठमाडौँ, ८ भदौ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ । 

कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ ।

नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार आज करिब साँझ ५:३० बजे नदीमा खसेको थियो । 

घटनाको थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

View : 406

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved