सुन्दरहरैंचा । सुन्दरहरैंचा–७ स्थित गोठगाउँमा तीज तथा कुशे औंसीको अवसर पारेर सामाजिक मिलन केन्द्रले जेष्ठ नागरिकलाइ सम्मान गरेको छ ।
पूर्व प्रदेश सांसद तथा समाजसेवी लोकप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सबैभन्दा जेष्ठ नागरिक ९३ बर्षीय पण्डित सूर्यप्रसाद दाहाल लगायत ८० बर्ष माथिका २१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको संस्थाका सल्लाहकार सदस्य हरि बस्नेतले जानकारी दिए ।
यसैगरी कार्यक्रममा नन्दकुमार माझी खवासलाई आदिवासी जनजातिको तर्फबाट संस्थाको पहिलो आजीवन सदस्य भएको भनी सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्व नगर प्रमुख शिवप्रसाद ढकाल, समाजसेवी कृष्णबहादुर भट्टराई, भक्तिप्रसाद सिटौला, रञ्जन ओझा, संस्थाकी कोषाध्यक्ष मीना ओझालगायतले बोलेका थिए ।
View : 110
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved