विराटनगर । पतञ्जली योग समिति कोशी प्रदेशका प्रमुख (प्रभारी) मिष्टरप्रसाद चौधरीले योगको गतिविधिमा विराटनगरमा प्रदेशभरीमा अगाडि रहेको बताए ।
विराटनगर–१, बेलगाछीस्थित महेन्द्रेश्वर शिवालय योग साधना केन्द्र सञ्चालनको तेस्रो वार्षिक उत्सवको अवसरमा बोल्दै चौधरीले स्थानीय योग प्रशिक्षकहरुको कारणले विराटनगरलाई योगको क्षेत्रमा अब्बल बनाएको बताए ।
बुधबार सो साधना केन्द्रमा गरिएको कार्यक्रममा विराटनगर–१ वडाध्यक्ष एवम् योग प्रशिक्षक काजीबहादुर बस्नेतले योगको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।
सो अवसरमा पतञ्जली योग समिति मोरङका अध्यक्ष सुरेश अग्रवाल, महिला अध्यक्ष सुची चौधरी, महानगर अध्यक्ष शिल्पा प्याकुरेल, महिला अध्यक्ष कुमारी तामाङ लगायतको उपस्थिति थियो ।
कार्यक्रममा होम, नृत्य, योग सम्वन्धी कविता वाचन, गीत प्रस्तुतीसमेत भएको सो साधना केन्द्रका प्रह्लाद दङ्गालले बताए । स्वस्थ जीवनको लागि योग अपरिहार्य भएकोले योगको विकासका लागि महेन्द्रोश्वर शिवालय योग साधना केन्द्र कटिवद्ध रहेको अध्यक्ष प्रेमप्रसाद रिजालले बताए ।
View : 213
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved