Biratnagar, Morang, Nepal
२९ चैत २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

पत्रकार महिलाको क्षमता विकास कार्यशाला

उद्‌घोष सम्वाददाता
३० फागुन २०८०, बुधवार

नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा सम्मानित पाँच महिलाहरू । तस्वीर: जुनु भट्टराई/ उद्घोष

विराटनगर । ‘पत्रकार महिलाका सहभागिता, समाबेसी र सम्मुन्नत नेपाल आजको आवश्यकता’ बिषयमा पत्रकार महिलाको क्षमता बिकास सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । 

नेपाल पत्रकार महासंघ कोशी प्रदेश महिला बिभागको आयोजना र सामाजिक बिकास मन्त्रालय र बिराटनगर महानगरपालिकासँगको सहकार्यमा मंगलबार बिराटनगरमा आयोजित सो कार्यशालामा कोशी प्रदेशका ६० बढी सक्रिय महिला पत्रकारहरूको सहभागिता थियो ।   कार्यक्रममा पत्रकार निर्मला शर्माले नेपालमा पत्रकार महिलाहरूको अवस्था र  मुद्दाको बिषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । 

सो अवसरमा पत्रकार महासघंकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी, महासंघ कोशी प्रदेशमा कार्यकारी अध्यक्ष लवदेव ढुड्गाना, पूर्व अध्यक्ष बिक्रम लुइटेल, केन्द्रीय सदस्य सरिता बराइली,  तारामणी सापकोटा लगायतले महिलालाई जुनसुकै पेसामा काम गर्न चुनौती देखिएको  र त्यस्ता चुनौतीहरूलाई सामना गरेर अगाडि बढ्न महिलाहरू सक्षम रहेको बताए ।

पाँच महिला सम्मानित 

यसैगरी महिला पत्रकार क्षमता विकास कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा चार महिला पत्रकारहरूसहित पाँच महिला सम्मानित भएका छन् ।  

सम्मानित चार पत्रकारहरूमा बाला अधिकारी, निलिफा सुब्बा,   ललिता भट्टराई र सुशीला संग्रौला साथै कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका उपसचिव दुर्गा बराललाई समेत नेपाल पत्रकार महासंघ कोशी प्रदेशले सम्मान गरेको हो । महिला सशक्तिकरणमा उनीहरूले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई सम्मान गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई, महासंघका केन्द्रीय उपाध्यक्ष अधिकारी, कोशीका अध्यक्ष लवदेव ढुंगाना, उपाध्यक्ष हेमाकुमारी चेम्जोङ लगायतले उनीहरूलाई सम्मान गरेका थिए ।

View : 293

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved