Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

लगातारको वर्षाले कालीगण्डकी कोरिडोर अवरुद्ध

उद्‌घोष सम्वाददाता
१२ असोज २०८१, शनिवार

मध्यविन्दु  १२ असोज ।  कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) खण्ड अवरुद्ध भएको छ ।

अविरल वर्षाले बौदीकाली गाउँपालिकाको मचेडी देउँसी खोल्सी र ठूलो खोलामा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । 

गैँडाकोट नगरपालिका–३ च्यान डाँडामा सालको रुख ढलेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सुकबहादुर गुरुङले बताए ।

अहिले निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन नसकिएको बताउँद वर्षा रोकिएपछि सडक सञ्चालन गरिने उनले जानकारी दिए ।

कालीगण्डकी कोरिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्रका साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् । 

लगातारको वर्षाले विभिन्न ग्रामीण सडक अवरुद्ध हुनुका साथै समथर भूभागमा डुबान र सडक कटान जोखिममा परेका प्रहरी सहायक निरीक्षक गुरुङले बताए । 

जिल्लाको हुप्सेकोट गाउँपालिका–३ बेलहानीमा डुबानका कारण एउटा परिवार विस्थापित भएका प्रहरी सहायक निरीक्षक भरत थापाले बताए ।

स्थानीय दुर्गा देवकोटाको घर डुबानमा परेपछि उद्धार गरी अन्यत्र सारिएको उनले उल्लेख गरे । रासस

View : 148

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved