Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगर जुट मिलसहितका ८ संस्थान निजीकरण हुँदै

उद्‌घोष सम्वाददाता
६ कार्तिक २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका दुई वटा सार्वजनिक संस्थानहरू  विराटनगर जुट मिल र उदयपुर सिमेन्ट कारखानासहित  देशभरका  आठ वटा सार्वजनिक  संस्थानलाई सरकारले  निजीकरण गर्ने भएको छ ।

सरकारले यी आठ वटा रुग्ण संस्थानहरूलाई निजीकरण गर्ने प्रक्रिया थालेको छ ।

सोमबार बसेको निजीकरण समितिले ती आठ सार्वजनिक संस्थान निजीकरण वर्गर्ीकरणका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका संस्थान निजीकरण वर्गर्ीकरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको समितिले जानकारी दिएको छ । 

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको समिति बैठकले विराटनगर जुट मिल, उदयपुर सिमेन्ट कारखाना, जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योग वर्गर्ीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग र हेटौंडा सिमेन्ट कारखाना पनि वर्गर्ीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल््यांकनका लागि विशेषज्ञसहित अध्ययन समिति गठन गरिने छ । सम्पत्ति र दायित्व मूल्यांकन भएपछि विज्ञसहित सुझावका आधारमा निजीकरणको ढाँचा र प्रक्रिया पहिचान गरी नेपाल सरकारसमक्ष सिफारिस गरिने छ । 

समिति बैठकमा दिइएको जानकारीअनुसार जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योग, विराटनगर जुट मिल, बुटवल धागो कारखाना र गोरखकाली रबर उद्योग लामो समयदेखि बन्द र रुग्ण छन् । यसैगरी उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको कार्य सम्पादन स्तर कमजोर हुनुका साथै निरन्तर घाटामा छन् ।

View : 356

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved