विराटनगर । विराट साहित्य संगमको आयोजनमा विराटनगरका नौ जना अग्रज साहित्यकारलाई मंगलबार सम्मान गरिएको छ ।
संगमले विराटनगरमा स्थायी बसोवास गरेर निरन्तर रूपमा नेपाली भाषा, साहित्य, समाजसेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्याइरहेका ८० वर्ष समूहका साहित्यकारहरूलाई सम्मान गरेको हो ।
अग्रज साहित्यकार विश्वराज पाण्डे, बद्रीप्रसाद पहाडी, प्राडा गणेश क्षेत्री, एनपी आचार्य, बलराम पोखरेल, सोमराज अभय, जयप्रसाद पाण्डे, करुणाकर थापा र तारानाथ पोखरेललाई उनीहरुको निवासमा नै पुगी सम्मान गरेको हो ।
उनीहरुलाई नयाँबर्ष २०८२ को शुभकामना व्यक्त गर्दै खादा, माला र कोशेली (विशेष खाजा) का साथ सम्मान गरिएको हो ।
विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, सचिव गोपाल निर्भीक, सहसचिव भवानी पोखरेल, कोषाध्यक्ष भीम कोइराला र सदस्यहरू कविता चापागाईं, हरिप्रसाद बराल, प्रिन्स प्रमोद ढकाल, आजीवन सदस्य लक्ष्मी पोखरेल र संगम अभियान साहित्यिक मासिक पत्रिकाका प्रधान सम्पादक रामबाबु दाहालको नौ सदस्यीय टोलीले उनीहरुलाई सम्मान गरेको हो ।
View : 395
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved