विराटनगर । ब्यक्ति र घरभित्र छिरेको लागुऔषधले परिवार र समाजलाई नै गम्भिर असर पारेकाले सुनसरीबाट सुरु भएको नियन्त्रण अभियान कोशी प्रदेशका ६ जिल्लामा पुगेको छ । विद्यालयसम्म पुगेर निगरानी समूह बनाउने योजना देशब्यापी हुने अवस्थामा छ ।
२०७५ सालमा तत्कालीन सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले सुरु गरेको अभियान उनी प्रदेश प्रहरी कार्यालय कोशीको प्रमुख भएर आएपछि ६ जिल्लामा पुगेको हो । यो अभियानलाई प्रदेश सरकारले अपनत्व लिएकाले १४ वटै जिल्लामा फैलने क्रममा छ ।
हाल मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरका विद्यालय तहमा लागुऔषधको प्रयोग र त्यसको क्षति रोक्न निगरानी समूह बनेका छन् ।
नेपाल प्रहरीले समितिलाई चलायमान राख्न प्रशिक्षक उत्पादन पनि सुरु गरेको छ । कोशी प्रदेशमा लागुऔषधले कुनै पनि परिवार बर्वाद नहोस् भनेर प्रहरीका हरेक युुनिटमा प्रशिक्षक तयार गरिदैछ ।
प्रदेश, जिल्ला, पालिका, वडा र विद्यालय गरी सबै क्षेत्र ओगट्न आगुऔषध विरुद्धको समिति निर्माण तिब्र रुपमा भइरहेको छ । आइतबार प्रदेश प्रहरी कार्यालयले ३० जना प्रहरी अधिकृतलाई लागुऔषधविरुद्धको प्रशिक्षक प्रशिक्षण दिएको छ ।
अब उनीहरूले नै ९० जनालाई प्रशिक्षण दिने छन् । त्यसपछि ९० जनाले ९० जना नै प्रशिक्षक उत्पादन गर्ने प्रहरी नायव महानिरीक्ष्ँक अधिकारीको लक्ष्य छ । उनी केही दिनमै बढुवा भएर प्रहरी प्रधान कार्यालयमा जाँदैछन् । अधिकारीले प्रहरीको प्रधान कार्यालयको जिम्मेवारी पाएलगत्तै नेपाल प्रहरी र नेपाल सरकारले नै लागुऔषधविरुद्धको यो अभियानलाई प्रभावकारी बनाउन सक्ने देखिएको छ ।
‘कोशी प्रदेशमा हुने सबै अपराधमध्ये १४ प्रतिशन लागुऔषधकै कारण भएको अध्ययनले देखाएको छ’ अधिकारीले भने–‘मुख्य दुब्र्यसनको चपेटामा परेका ६ जिल्लालाई समेटिएको छ, बाँकी जिल्लाहरूमा समिति बन्दै जाने छन् ।’
सबै भन्दा बढी जोखिममा रहने १६ देखि २९ वर्षभित्रका किशोर भएकाले विद्यालयतहबाटै समिति बनाएर लागुऔषधबाट हुने अपराध र पारिवारिक क्षति रोक्न पहल गरिएको उनको भनाइ छ ।
युवाको सोचलाई नकारात्मकताबाट हटाएर सकारात्मक काममा लैजान यो अभियानले भुमिका खेल्ने विश्वास लिइएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा लागुऔषधको प्रयोग र यसबाट हुने अपराध अन्यत्रको तुलनामा बढी छ । यी क्षेत्रमा समितिले बढी निगरानी गर्ने गरी संयन्त्र तयार गरिँदैछ ।
लुटपाट, चोरी, हत्या, सामाजिक अपराधका पछाडी धेरै जसो लागुऔषध कारण देखिएको छ ।
हरेक समितिमा विद्यालयका शिक्षक, समुदायका मानिस, प्रहरी, प्रशासनको प्रतिनिधित्व रहेको छ । लागुऔषधको प्रयोग वार्षिक ६ दशमलव २ प्रतिशतले बढेर गएकाले अन्य समस्याको तुलनामा लागुऔषधको समस्या बढी फैलिएको देखिन्छ ।
पहिलो चरणमा समितिका लागि तालिम प्राप्त प्रशिक्षक प्रहरीबाटै तयार गरिएको छ । प्रमुख प्रशिक्षक तथा प्रहरी नायव निरीक्षक दुर्गा दाहालले तत्लो दर्जासम्मका सुरक्षाकर्मीलाई प्रशिक्षण दिएर हरेक युनिटमा जिम्मेवार बनाइने बताए ।
फाइट अगेन नार्कोटिक (ङ्खयान) क्लब बनाउने अभियानको उद्घाटन तत्कालीन मुख्यमन्त्री शेरधन राईले सुनसरीबाट गरेका थिए ।
सुनसरीका ७० जिल्ला समेटेपछि बृहत रुप दिंदै प्रदेश स्तरमा फैलाउन हालका मुख्यमन्त्री हिक्मत कार्कीले सुनसरीबाट गत फागुनमा उद्घाटन गरेपछि प्रदेश स्तरमा फैलाउन थालिएको हो ।
प्रहरी निरीक्षक तोरण परियारका अनुसार अधिकृत स्तरका प्रहरीलाई प्रशिक्षक बनाएर तल्लो दर्जासम्मकालाई प्रशिक्षण दिएर सहजकर्ता बनाइने छ ।
View : 93
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved