विराटनगर । धरान उपमहानगरपालिकाको आयोजनामा धरान–१७ स्थित श्री ज्वालामुखी माध्यमिक विद्यालयमा स्काउट तालिम सुरु भएको छ।
उक्त तालिमको उद्घाटन धरान स्काउटका संरक्षक एवम् धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) एइन्द्र विक्रम बेगम (मेघा) ले गरे ।
कार्यक्रममा नगर प्रमुख बेगमले विद्यार्थीहरूमा अनुशासन, सेवाभाव र नेतृत्व विकासका लागि स्काउट तालिमको ठूलो भूमिका रहने बताए ।
सञ्चालित तालिममा महिलातर्फ निर्मला भण्डारी र पुरुषतर्फ नवलप्रसाद उपाध्यायले कोर्स लिडर (प्रशिक्षक) का रूपमा सहजीकरण गरिरहेका छन् ।
तालिममा धरानका विभिन्न विद्यालयका विद्यार्थी तथा युवाहरूको सहभागिता छ।
View : 47
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved