झापा । महिला उद्यमी संघ बिर्तामोडको अध्यक्षमा राधिका चुँडाल हुमागाईं चयन भएकी छन् । बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी संघमा हुमागाई सर्बसम्वत चयन भएकी हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा कमला उप्रेती श्रेष्ठ (कामना),उपाध्यक्षमा संगीता साह र आरती श्रेष्ठ चयन भएका छन् । महासचिवमा लीला उप्रेती प्रसाईं (अनमोल) , सचिवमा शीला चुडाल, कोषाध्यक्ष गोमा दंगाल र सहकोषाध्यक्षमा अञ्जु लामिछाने चयन भएका हुन् ।
सदस्यहरुमा भने मुनाकुमारी लिम्बू, रेणुका महतो, कविता अधिकारी पौडेल, कविता पोखरेल, गीता खतिवडा, सृजना अग्रवाल (सोनी), गीता थापा विष्ट, निरुजा दहाल, विमला निरौला घिमिरे, इसरत परवीन शेख, दुर्गा पोखरेल, पुनम अधिकारी र नरमाया रसाइली (मीना) चयन भएका छन् ।
महिला उद्यमी संघको वरिष्ठ सल्लाहकारमा यशोदा उप्रेतीलाई चयन गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्य तथा संघकी अध्यक्ष तीलोक्तमा खत्रीको अध्यक्षतामा आयोजित कार्यत्रममा पद हस्तान्तरण समेत भएको छ ।
नवनिर्वाचित समितिलाई संघकी संस्थापक अध्यक्ष उर्मिला खरेल विमली, बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष प्रकाश शिवाकोटी, संघका सल्लाहकार मोहन मित्तल लगायतले शुभकामना दिएका थिए ।
View : 210
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved