Biratnagar, Morang, Nepal
२६ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट  सात करोड राजस्व सङ्कलन

उद्‌घोष सम्वाददाता
३० साउन २०८१, बुधवार

लिस्बन (पोर्चुगल), ३० साउन ।  विद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउन पोर्चुगलबाट तीन हजार आठ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ ।

राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको  राहदानीसम्बन्धी  घुम्ती शिविरबाट रु सात करोड २० लाख ११ हजार पाँच सय ५४ राजस्व सङ्कलन भएको छ ।

विभागका निर्देशक मोतिबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो ।

पोर्चुगलमा नेपाली दूतावास नभकाले शिविर सञ्चालन गरिएको हो ।  रासस
 

View : 141

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved