Biratnagar, Morang, Nepal
२९ चैत २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

ढुंगेल समाज कोशीको अध्यक्षमा माधव सर्वसम्मत

उद्‌घोष सम्वाददाता
२५ कार्तिक २०८१, आइतवार

विराटनगर । ढुंगेल समाज कोशीको प्रथम अधिवेशनले माधवप्रसाद ढुंगेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समाजको उपाध्यक्षमा भूषण ढुंगेल र देवीप्रसाद ढुंगेल चयन भएका छन् । सचिवमा पेशल ढुंगेल र सहसचिवमा सुरेश ढुंगेल चयन भएका हुन् । कोषाध्यक्षमा अर्चना ढुंगेल सर्वसम्मत चयन भएकी छन् ।

सदस्यहरूमा लिला ढुंगेल, बुनु ढुंगेल, राजन ढुंगेल, अनिल ढुंगेल, बल्लभमणि ढुंगेल, जीवनाथ ढुंगेल, बिदुर ढुंगेल, दुर्गाप्रसाद ढुंगेल, उमाकान्त ढुंगेल, किरण ढुंगेल र विकास ढुंगेल सर्वसम्मत चयन भएका हुन् । 

आइतबार विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले निवर्तमान अध्यक्ष गुणराज ढुंगेललाई संस्थापक अध्यक्षका रूपमा सम्मान गरेको छ ।

८० वर्षीय ढुंगेल आठ वर्षसम्म ढुंगेल समाजको अध्यक्ष भएका थिए । उनलाई नवनिर्वाचित अध्यक्ष माधवप्रसाद ढुंगेल सहितले सम्मान गरेका हुन् । 

समाजले कोशी प्रदेशका १४ वटै जिल्लालाई समेटेर सामाजिक संस्थाका रुपमा समाजलाई दर्ता गरेर ढुंगेल समुदायको हकहितका लागि काम गर्दै आएको उपाध्यक्ष देवीप्रसाद ढुंगेलले जानकारी दिए ।

View : 254

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved