विराटनगर । एशियन बिस्कुट इन्डस्ट्रिज विराटनगरले कोदाको विस्कुटको उत्पादन सुरु गरेको छ । नेपालमा संस्थागत स्तरबाट पहिलो पटक एशियन बिस्कुट उद्योगले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण सुरु गरेको हो ।
पश्चिम नेपालमा घरेलु र लघु उद्योगका स्तरमा स्थानीय उत्पादनका रूपमा कोदोको बिस्कुटको उत्पादन भइरहेको छ । तर एशियनले एकै चोटी देशभरि नै बजारीकरण र निर्यात समेत गर्ने उद्देश्यले स्वचालित मेसिनबाट ठूलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन सुरु गरेको उद्योगका संचालक आशिष जाजूले जानकारी दिए ।
जाजूको सो विस्कुट भारतमा दसैंतिहार अगाडि नै निर्यात गरिसक्ने योजना समेत रहको बताए ।
View : 226
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved