Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

एक सय रुपैयाँले लिएको ज्यान, चार वर्षपछि पक्राउ परे तामाङ

निधारमा चोट लागेको अवस्थामा फेला परेको शव कानुनी प्रक्रिया पूरा गरी परिवारजनले शदगद गरेका थिए । उनका हत्यारा २७ वर्षीय राजकुमार तामाङलाई अहिले पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उद्‌घोष सम्वाददाता
१२ कार्तिक २०८१, सोमवार

संखुवासभा । एक सय रुपैयाँ दिएको सापटी फिर्ता माग्दा ज्यान गुमाएका एक ब्यक्तिका हत्यारा चार वर्षपछि पक्राउ परेका छन् । संखुवासभाको मादी नगरपालिकामा २०७७ सालमा सय रुपैयाँले ज्यान लिएको थियो ।

स्थानीय भेडीचोकस्थित धोरोरे धारामा ५२ वर्षीय रत्नबहादुर प्रधानको शव चार वर्षअघि माघ १७ गते फेला परेको थियो ।

निधारमा चोट लागेको अवस्थामा फेला परेको शव कानुनी प्रक्रिया पूरा गरी परिवारजनले शदगद गरेका थिए । उनका हत्यारा २७ वर्षीय राजकुमार तामाङलाई अहिले पक्राउ गरिएको प्रहरीले बताएको छ ।

गत असोज १९ गते एउटा टहरोमा आगजनी भएको थियो । त्यसमा संलग्न ब्यक्ति मादी–८ कै तामाङ र २८ वर्षीय दिनेश मोक्तान पक्राउ परेका थिए । दुबैलाई आपराधिक उपद्रव मुद्दामा प्रहरीले कारवाही अगाडि बढाएको थियो । 

अनुसन्धानकै क्रममा तामाङले मदिरा सेवन गरेका बेला प्रधानको हत्या गरेर पनि आपूm जोगिएर हिंडेको बताउने गरेका थिए ।

सो सूचनाका आधारमा छानविन गर्दा तामाङले घटना स्वीकार गरेपछि आगजनीको मुद्दासँगै कर्तब्य ज्यानको मुद्दा थपिएको छ । 

संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार प्रधानबाट लिएको एक सय रुपैयाँ फिर्ता नगरेपछि दुई बीच बिवाद भएको थियो । 

धाराको डिलमा उभिएका प्रधानलाई तामाङले पछाडीबाट लात्तीले हानेर तल धारामा झारेका थिए ।

ढुङ्गामा टाउको बजारिएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि तामाङ धर्मदेवी गाउँपालिका–१ स्थित ससुराली घरमा बस्दै आएका थिए । 

आगजनीको घटना भएपछि पक्राउ परेका उनीहरुबाट पुरानो हत्याको सुराक मिलेको प्रहरीको भनाई छ । दुबैलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भई रहेको बस्नेतले बताए ।

View : 179

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved