Biratnagar, Morang, Nepal
२९ चैत २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

धानको नयाँ जात सुक्खा–३ को परीक्षण

उद्‌घोष सम्वाददाता
१६ असार २०८१, आइतवार

सुनसरी । कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीले सुक्खा–३ नामको धानको नयाँ जातको परीक्षण गरेको छ । राष्ट्रिय धान दिवशको अवसरमा केन्द्रले शनिबार उक्त धान रोपाइँ गरी परीक्षण गरेको हो ।

खडेरीमा पनि फल्न सक्ने यो जातको बीउ सिँचाईको सुविधा नभएको ठाउँको लागि समेत उपयुक्त हुने कृषि अनुसन्धान निर्देशनालय तरहराका वरिष्ठ वैज्ञानिक डा. गोविन्द तिम्सिनाले जानकारी दिए । केन्द्रले यसै वर्ष तरहरा–२ नामको नयाँ जातको धानको बीउ पनि उत्पादन गरी सिफारिस गरेको छ ।

कोशी प्रदेशको हावापानीमा सुहाउँदो उक्त जातको बीउ १ सय ३५ दिनमा पाक्ने तिम्सिनाले जानकारी दिए ।

View : 183

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved