Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

मोरङका महिला पत्रकारले मनाए तिज

उद्‌घोष सम्वाददाता
८ भदौ २०८१, शनिवार

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ सम्वद्ध महिला पत्रकारहरूले दर खाएर खुसियाली साट्दै शनिबार तिज मनाएका छन् ।

महासंघ मोरङले आफ्नै सभाहलमा तिज विशेष कार्यक्रम आयोजना गरेको हो ।

महासंघले हरेक वर्ष नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा तिज कार्यक्रम गर्दै आएको छ । 

कार्यक्रममा मोरङका पत्रपत्रिका, रेडियो, टिभी र अनलाइनमा क्रियाशील महिला पत्रकारहरूको सहभागिता रहेको महासंघकी कार्यवाहक अध्यक्ष तारा आचार्यले बताइन् ।

View : 417

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved