Biratnagar, Morang, Nepal
२६ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेप्से २९ सय अंकबाट पनि उकालो चढ्दै

उद्‌घोष सम्वाददाता
२८ साउन २०८१, सोमवार

विराटनगर, २८ साउन । नेपाली शेयर बजारमा अहिले हरियालीको सिजन जारी छ । यो साताको दोस्रो दिन पनि नेप्सेमा उछाल देखिएको छ । 

सोमबार प्रि–ओपन सेसनमा १५ अंकले बढेको नेप्से एक घण्टायता निरन्तर उकालो चढिरहेको छ ।

अहिले १२ बजेसम्म नेप्से परिसूचकका अधिकांश परिसुचक हरियो छन् ।

नेप्से सूचक ६७ अंकले बढेर २९ सय २७ पुगेको छ । 

आइतबार नेप्सेमा किर्तिमान नै कायम भएको थियो । एकै दिन नेप्से १२५.०५ अंकले बढेको २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको थियो ।

View : 149

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved