Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

गैसस मोरङको अध्यक्षमा पन्त निर्विरोध

उद्‌घोष सम्वाददाता
१२ कार्तिक २०८१, सोमवार

विराटनगर । गैरसरकारी संस्था महासंघ (गैसस) मोरङको अध्यक्षमा विष्णु शर्मा पन्त निर्विरोध निर्वाचित भएकी छन् । 

गैसस महासंघ मोरङको १०औं जिल्ला अधिवेशनले पन्तको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा सरिता खनाल, सचिवमा नवराज निरौला, सहसचिवमा बागमति कट्टेल र कोषाध्यक्षमा प्रतीक्षा वस्नेत छन् । 

त्यसैगरी सदस्यहरुमा कल्याणी खड्गी, वनेशलाल राजवंशी, भारती पोखरेल, सुवर्ण लावती, माया ओझा, इन्द्रकला भट्टराई, गणेशप्रसाद निरौला, केशव मिश्र, अर्जुन वास्तोला, मनोजकुमार विश्वास, प्रकाश परियार र निसार अहमद निर्वाचित भएको निर्वाचन समिति संयोजक कविता वस्नेतले जानकारी दिइन् ।

View : 170

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved